default_image

2 years ago

August 3, 2022

उपाधि दाबेदार पाकिस्तानको एसिया कप खेल्ने टोली घोषणा

एजेन्सी – उपाधिको दाबेदार पाकिस्तानले यसै महिना अन्तिममा युएईमा हुने टि२० एसिया कपको लागि १५ सदस्य टोली घोषणा गरेको छ । बाबर आजमको कप्तानीमा पाकिस्तानले बलियो टोली घोषणा गरेको छ । घोषणा टोलीमा बाबरसँगै, मोहम्मद रिजवान, शाहिन शाह अफ्रिदी, आसिफ अली र फखार जमान जस्ता खेलाडी रहेका छन् । पाकिस्तानका हसन अली भने छैनन् । […]

224 views

0 Bookmark

एजेन्सी – उपाधिको दाबेदार पाकिस्तानले यसै महिना अन्तिममा युएईमा हुने टि२० एसिया कपको लागि १५ सदस्य टोली घोषणा गरेको छ । बाबर आजमको कप्तानीमा पाकिस्तानले बलियो टोली घोषणा गरेको छ ।

घोषणा टोलीमा बाबरसँगै, मोहम्मद रिजवान, शाहिन शाह अफ्रिदी, आसिफ अली र फखार जमान जस्ता खेलाडी रहेका छन् । पाकिस्तानका हसन अली भने छैनन् । उनको स्थान नसिम शाहले लिएका छन् । पाकिस्तानको तीव्र गतिको बलरको रुपमा अफ्रिदी, नसिम शाह, मोहम्मद वासिम जुनियर र शहनजवाज डाहनी रहेका छन् ।

एसिया कप २७ अगष्ट देखि ११ सेप्टेम्बर सम्म युएईमा हुनेछ । समूह ए मा पाकिस्तान, भारत र छनोट भएर आउने एक टोली हुनेछन् । छनोटमा युएई, कुवेत, हङकङ र सिंगापुर छन् । शीर्ष स्थानमा रहने टोलीले भारत र पाकिस्तानसँग खेल्न पाउने छन् ।

समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । दुबै समूहका शीर्ष दुई दुई टोली सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । भारत र पाकिस्तान प्रमुख उपाधिका दाबेदार टोली हुन् । गतवर्ष टि२० विश्वकपमा युएईमै भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । पाकिस्तान त्यो नतिजालाई निरन्तरता दिन चाहन्छ । भारत बदला लिने सोचमा हुनेछ ।

पाकिस्तानको एसिया कप खेल्ने टोली :

बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), आसिफ अली, फखार जमान, हैदर अली, हरिस रौफ, इफ्तिखर अहमद, खुशदील शाह, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम जुनियर, नसिम शाह, शाहिन शाह अफ्रिदी, शहनवाज दाहनी र उस्मान कादिर ।

April 17, 2024

बटलरको शतकमा राजस्थानको कीर्तिमानी जित

एजेन्सी – जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) मा कीर्तिमानी जित हासिल गरेको छ । आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकत्ता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ । राजस्थानले कोलकत्ताले दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम।बलमा ८ विकेट गुमाएर भेटायो । त्यसअघि […]

April 16, 2024

लुम्बिनीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत आत गरेको   छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको‌ पहिलो दिन मंगलबार लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको १ सय ३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।लुम्बिनीका सुनिल भण्डारीले […]

April 16, 2024

कतारको जितसँगै नेपाल समूह विजेता हुने पक्का 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले दोस्रो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ ।  समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ […]

Success

Thank you for your time.