default_image

2 years ago

August 5, 2022

नेपालले केन्यासँग पाँच टि२० आई खेलको सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग पाँच टि२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपालले अगष्ट चौथो सातादेखि केन्यामा गएर पाँच टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपालले केन्यासँग खेल्ने पाँच टि२० आई पक्का भएको जनाएका छन् […]

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग पाँच टि२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपालले अगष्ट चौथो सातादेखि केन्यामा गएर पाँच टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपालले केन्यासँग खेल्ने पाँच टि२० आई पक्का भएको जनाएका छन् । ‘हामी तालिका मिलाउँदै छौं । टि२० आई पाँच खेलको हुनेछ । बाँकी तीन अभ्यास खेल ५० ओभरको हुनेछ’, चन्दले हाम्रो खेलकुदसँग भने ।

‘पुनः तालिका हेर्दैछौं । टिम १७–१८ अगष्ट तिर जान्छ होला । टि२० आईमा सन्दीप लामिछानेले नै कप्तानी गर्छन् । बाँकी एकदिवसिय अभ्यास खेलमा उपकप्तानले गर्छन्’, चन्दले भने ।

सन्दीप क्वारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज जाँदैछन् । त्यसैको कारण नेपालले तालिका केहि अघि सार्न लागेको बुझिएको छ । सिपिएल ३१ अगष्ट देखि सुरु हुनेछ । सन्दीपले जमैका तलवाजबाट सिपिएल खेल्नेछन् ।

सन्दीप सिपिएल खेल्न जाने भएपछि नेपालले टि२० आई सिरिज पहिला नै सक्ने तयारी गरेको छ । सिरिज टि२० वरियतामा ठूलो प्रभाव पार्नेछ । सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा सहभागी पक्का भए बाहेकबाट वरियताको शीर्ष दुई टोलीले सोझै विश्वकप खेल्न पाउने अवसर छ ।

वरियता २०२२ नोभेम्बर १४ सम्मलाई आधार मानिनेछ । आगमी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपबाट शीर्ष ८ टोली सोझै छनोट हुने छन् । टि२० वरियतामा ती आठ देश बाहेक शीर्ष वरियतामा रहेका दुई टोलीले सोझै विश्वकप खेल्नेछन् । अमेरिका र वेस्टइन्डिज सोझै छनोट भएका छन् । यदि वेस्टइन्डिज शीर्ष आठमा परेको खण्डमा वरीयताबाट थप तीन टोलीले विश्वकप खेल्न पाउनेछन् ।

नेपाल टि२० आई वरियता भने १३ औं स्थानमा छ । १२ औं स्थानमा युएई, जिम्बावे ११ औं, बंगलादेश १० औं, नवौं स्थानमा अफगानिस्तान छ । केन्या एसोसियट टोलीको सर्वाधिक सफल देश हो । केन्याले सन् १९९६ देखि २०११ सम्म लगातार पाँच पटक एकदिवसिय विश्वकप खेलेको थियो । उक्त विश्वकपमा केन्याले श्रीलंका, जिम्बावे, बंगलादेशलाई हराउँदै सेमिफाइनल खेल्दै विश्व क्रिकेटमा सनसनी मच्चाएको थियो ।

त्यस्तै २००७ को टि२० विश्वकप खेलेको थियो । सन् २००० देखि २००४ सम्म गरि तीन पटक च्याम्पियन्स ट्रफी खेलेको थियो । पछिल्लो एक दशकमा भने केन्याको स्तर धेरै खस्किएको छ । असल नेतृत्व र आन्तरिक राजनीतिको कारण कमजोर बन्दै गएको छ ।

नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसिय विश्वकप छनोट चरण खेलिरहेका छन् । नेपालले माथिल्लो स्तरको खेल्दा केन्याले सबैभन्दा तल्लोक्रमको छनोट खेलेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग बी खेलेको छ । जसमा केन्या, हङकङ, इटाली, बर्मुडा, जर्सी र युगान्डा छन् ।

च्यालेन्ज लिगको शीर्षस्थानमा रहने टोलीले विश्वकप ग्लोबल छनोटमा पुग्ने प्लेअफ खेल्नुपर्ने हुन्छ । यता नेपाल भने लिग–२ को शीर्ष तीन स्थानमा रहेमा सोझै विश्वकप ग्लोबल छनोट खेल्नेछ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल र केन्याले अन्तिम पटक डिभिजन टु मा २०१८ मा नामिबियामा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा नेपालले केन्यालाई तीन विकेटले हराएको थियो ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.