default_image

2 years ago

August 5, 2022

राजा र कैयाको शतकमा जिम्बावेको सानदार जित

एजेन्सी – अलराउन्डर सिकन्दर राजा र इनोसेन्ट कैयाको उत्कृष्ट शतकमा जिम्बावेले पहिलो ओडिआई खेलमा बंगलादेशलाई ५ विकेटले हराएको छ । योसँगै घरेलु टोली जिम्बावेले तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेको जितमा सिकन्दर […]

106 views

0 Bookmark

एजेन्सी – अलराउन्डर सिकन्दर राजा र इनोसेन्ट कैयाको उत्कृष्ट शतकमा जिम्बावेले पहिलो ओडिआई खेलमा बंगलादेशलाई ५ विकेटले हराएको छ । योसँगै घरेलु टोली जिम्बावेले तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि ३ सय ४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेको जितमा सिकन्दर राजा १ सय ९ बलमा ८ चौका र ६ छक्कासहित १ सय ३५ रनमा अविजित रहे । राजाको ओडिआई करिअरको चौथो शतक हो ।

इनोसेन्ट कैयाले १ सय २२ बलमा ११ चौका र २ छक्कासहित १ सय १० रनको शतकीय इनिङ खेले । उनको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो ।

खराब सुरुवात गरेपनि चौथो विकेटका लागि राजा र कैयाले १ सय ९२ रनको सानदार शतकीय साझेदारीका साथ जितको आधार पक्का गराएका थिए । सुरुवाती दुई ओभरमा ६ रन जोड्दा जिम्बावेले दुई विकेट गुमाएको थियो ।

तेस्रो विकेटका लागि वेस्ली मेधर्वे र कैयाले ५६ रनको साझेदारी गरेका थिए । मेधर्वे १९ रनमा आउट भए । ल्यूक जाेंगवेले २४ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, मेहदी हसन र मोद्दासेक हसनले एक एक विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ३ रन बनायो । बंगलादेशका लिटन दास ८९ बलमा ९ चौका र १ छक्कासहित ८१ रनमा रिटायर्ट हर्ट भए ।

ओपनर दास र कप्तान तमिम इकबालले पहिलो विकेटका लागि २५.४ ओभरमा १ सय १९ रनको शतकीय सुरुवात दिलाएका थिए । इकबालले ८८ बलमा ९ चौकासहित ६२ रन बनाए ।

अनमुल हक ६२ बलमा ६ चौका र ३ छक्कासहित ७३ रन बनाए । मुश्फिकुर रहिमले ४९ बलमा ५ चौकासहित ५२ रनमा अविजित रहे । महमुदूल्लाह रियाद १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहे । जिम्बावेका भिक्टर न्याउची र राजाले एक एक विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

Success

Thank you for your time.