default_image

2 years ago

August 6, 2022

वेस्टइन्डिजलाई भारतको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – भारतले चौथो टि२० आई खेलमा वेस्टइन्डिजलाई १ सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । फ्लोरिडामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । भारतका सञ्जु स्यामसन २३ बलमा २ चौका र १ छक्कासहित ३० रनमा अविजित रहे । अक्षर पटेल ८ […]

85 views

0 Bookmark

एजेन्सी – भारतले चौथो टि२० आई खेलमा वेस्टइन्डिजलाई १ सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । फ्लोरिडामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनायो ।

भारतका सञ्जु स्यामसन २३ बलमा २ चौका र १ छक्कासहित ३० रनमा अविजित रहे । अक्षर पटेल ८ बलमा २ छक्का र १ चौकासहित २० रनमा अविजित रहे । विकेटकिपर ऋषभ पन्त ३१ बलमा ६ चौकासहित सर्वाधिक ४४ रनमा आउट भए ।
भारतलाई ओपनर रोहित शर्मा र सूर्यकुमार यादवले ४.४ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

स्पिनर अकिल हुसैनले रोहितलाई १६ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा बोल्ड आउट गरे । अल्जारी जोशेफले सूर्यलाई २४ रनमा एलबीडब्लू आउट गरे । उनले १४ बलमा १ चौका र २ छक्का प्रहार गरे । दीपक हुडा १९ बलमा २ चौकासहित २१ रनमा आउट भए ।

अल्जारी जोशेफले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ओबेद म्याकोयले ४ ओभरमा ६६ रन खर्चेर २ विकेट लिए । यो वेस्टइन्डिजबाट टि२० आईमा सबैभन्दा खराब प्रदर्शन हो । भारतसँग दोस्रो खेलमा ६ विकेट लिँदै म्यायकोय टि२० आईमा वेस्टइन्डिजबाट उत्कृष्ट प्रदर्शन गर्ने बलर समेत बनेका थिए ।

पाँच टि२० आई खेलको सिरिजमा भारत २-१ ले अघि छ ।

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

April 23, 2024

राजस्थानको जितमा यशस्वीको शतक

एजेन्सी – यशस्वी जैसवालको शानदार शतकसहित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटले हराएको छ । १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८.४ ओभरमा १ विकेटको क्षेतिमा १ सय ८३ रन जोड्दै जित हासिल गरेको हो । दमदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि […]

Success

Thank you for your time.