default_image

2 years ago

August 8, 2022

केन्या भ्रमणअघि नेपालले मुख्य प्रशिक्षक तय गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या भ्रमण अघि नै नयाँ प्रशिक्षक पाउने भएको छ । नेपालले अगष्ट चौथो सातादेखि केन्यामा गएर पाँच खेलको टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेल खेल्ने कार्यक्रम छ । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि रिक्त रहेको पदमा नेपाल क्रिकेट संघ (क्यान) ले चाँडै नै नियुक्त […]

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या भ्रमण अघि नै नयाँ प्रशिक्षक पाउने भएको छ । नेपालले अगष्ट चौथो सातादेखि केन्यामा गएर पाँच खेलको टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेल खेल्ने कार्यक्रम छ ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि रिक्त रहेको पदमा नेपाल क्रिकेट संघ (क्यान) ले चाँडै नै नियुक्त गर्ने जनाएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले १-२ दिनमै नियुक्त गर्ने जानकारी दिएका छन् ।

‘प्रशिक्षकको विषय अब १-२ दिनमा टुङ्गो लाग्छ । सम्भावित २-३ जनासँग कुरा भई राखेको छ । नाम त हामीले गोप्य राख्नु पर्ने हुन्छ । तर केन्या भ्रमणमा नयाँ प्रशिक्षक नै आउनेछन्’, मल्लले हाम्रो खेलकुदसँग भने ।

यदि नयाँ प्रशिक्षक नियुक्त गर्न नसकेको खण्डमा भने जगत टमटा विकल्पको रुपमा थिए । तर मल्लले नयाँ प्रशिक्षक आइसक्ने पुष्टि गरेका छन् ।

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा क्यानले नाम नखुलाएपनि भारतीय मोन्टी देशाई, लालचन्द राजपुत र चेतन शर्मा चर्चामा छन् । सर्वाधिक सम्भावना बोकेका देशाईले १३ हजार अमेरिकी डलर माथि मासिक तलब मागेको बुझिएको छ । देशाई वेस्टइन्डिजका वर्तमान समयमा ब्याटिङ प्रशिक्षक हुन् ।

क्यानका अनुसार नेपाल टिम १७–१८ अगष्टमा केन्या जाने छ । टि२० आईमा सन्दीप लामिछानेले नै कप्तानी गर्छन् । बाँकी एकदिवसिय अभ्यास खेलमा उपकप्तान रोहित पौडेलले नेतृत्व गर्नेछन् ।

सन्दीप क्वारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज जाँदैछन् । त्यसैको कारण नेपालले तालिका केहि अघि सार्न लागेको बुझिएको छ । सिपिएल ३१ अगष्ट देखि सुरु हुनेछ । सन्दीपले जमैका तलावाजबाट सिपिएल खेल्नेछन् ।

यो पनि पढ्नुहोस् : राष्ट्रिय क्रिकेट टोलीका सम्भावित चार मुख्य प्रशिक्षक

नेपालको ब्याटिङ सधैं कमजोर हुनुको पाँच कारण

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

Success

Thank you for your time.