default_image

3 years ago

August 9, 2022

उपाधि दाबेदार भारतलाई एसिया कपमा धक्का

212 views

0 Bookmark

एजेन्सी – उपाधि दाबेदार भारतलाई अगष्ट अन्तिममा युएईमा हुने टि२० एसिया कप प्रतियोगितामा धक्का लागेको छ । बलिङका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले एसिया कप गुमाउने भएका छन् ।

योर्कर र डेथ ओभरका उत्कृष्ट बलर बुमराह ब्याक इन्जुरीको कारण नहुँदा भारतको तीव्र गतिको बलिङ आक्रामक तुलनात्मक रुपमा कमजोर बनेको छ । यस अघिनै अर्का तीव्र गतिका बलर हर्षल पटेल छातीमा चोटका कारण एसिया कप गुमाएका छन् । हर्षलले टि२० विश्वकप पनि गुमाउने सम्भावना छ ।

चोटका कारण भारतले बुमराहलाई वेस्टइन्डिज भ्रमणमा विश्राम दिएको थियो । पछिल्लो पटक बुमराहले जुलाई १४ मा इंग्ल्यान्डविरुद्ध ओडिआई खेल खेलेका थिए । उनले तीन टि२० आई सिरिजमा एक खेल मात्र खेलेका थिए ।

एसिया कपमा भारतको तीव्र गतिको बलरको रुपमा अर्शदीप सिंह, आवेश खान र भुवनेश्वर कुमार छन् । हार्दिक पान्ड्या अलराउन्डरको रुपमा छन् । भारतले स्पिनरमा रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, रवि विश्रोई र युजभेन्द्र चहललाई राखेको छ ।

एसिया कप २७ अगष्ट देखि ११ सेप्टेम्बर सम्म युएईमा हुनेछ । समूह ए मा पाकिस्तान, भारत र छनोट भएर आउने एक टोली हुनेछन् । छनोटमा युएई, कुवेत, हङकङ र सिंगापुर छन् । शीर्ष स्थानमा रहने टोलीले भारत र पाकिस्तानसँग खेल्न पाउने छन् ।

समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । दुबै समूहका शीर्ष दुई दुई टोली सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । भारत र पाकिस्तान प्रमुख उपाधिका दाबेदार टोली हुन् ।

एसिया कप खेल्ने भारतको टोली :

रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), दीपक हुडा, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रवि विश्रोई, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, युजभेन्द्र चहल, भुवनेश्वर कुमार, अर्शदीप सिंह र आवेश खान ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.