3 years ago
August 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युवा विकेटकिपर अर्जुन साउदलाई पहिलो पटक समेट्दै क्यानले केन्यासँग खेल्ने पाँच टि२० आई खेल र तीन एकदिवसिय अभ्यास खेलको लागि राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।

सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने अर्जुनले नेपालको यू१९ टोलीबाट खेलि सकेका छन् । अर्जुन विकेटकिपरसँगै विष्फोटक ब्याटिङ गर्ने गर्दछन् । त्यस्तै अनुभवी ब्याटर तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले टोलीमा पूनरागमन गरेका छन् । ज्ञानेन्द्र पछिल्लो पटक गत मार्चमा युएई भ्रमणमा थिए । त्यस्तै साहब आलम, विवेक यादवले पनि पूनरागमन गरेका छन् । विनोद भण्डारी र कुशल भुर्तेल भने टोलीमा छैनन् ।
नेपालले पहिलो टि२० आई खेल नेपालले भदौ ९ मा ( अगष्ट २५) मा केन्यासँग खेल्दै सुरुवात गर्नेछ । नेपाल केन्यामा भदौ ७ मा ( अगष्ट २३) मा जाने कार्यक्रम छ । नेपालले दोस्रो खेल २६ अगष्टमा खेल्नेछ । त्यसपछि एकदिन विश्राम हुँदा २८, २९ र ३० अगष्टमा तेस्रो, चौथो र पाँचौं टि२० आई खेल खेल्नेछ । पहिलो एकदिवसिय अभ्यास खेल २ सेप्टेम्बरमा हुनेछ । नेपालले आजनै टोली घोषणा गर्दै छ ।
कप्तान सन्दीप लामिछानेले टि२० आईमा कप्तानी गर्नेछन् । बाँकी तीन एकदिवसिय अभ्यास खेलमा कप्तानी रोहित पौडेलले गर्ने बताईएको छ । सन्दीप टि२० आई सिरिजपछि क्वारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज जानेछन् । सिपिएल ३१ अगष्ट देखि सुरु हुनेछ । सन्दीपले जमैका तलवाजबाट सिपिएल खेल्नेछन् ।

सिरिज टि२० वरियतामा ठूलो प्रभाव पार्नेछ । सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा सहभागी पक्का भए बाहेकबाट वरियताको शीर्ष दुई टोलीले सोझै विश्वकप खेल्न पाउने अवसर छ ।
नेपाल टि२० आई वरियता भने १३ औं स्थानमा छ । १२ औं स्थानमा युएई, जिम्बावे ११ औं, बंगलादेश १० औं, नवौं स्थानमा अफगानिस्तान छ । केन्या एसोसियट टोलीको सर्वाधिक सफल देश हो । केन्याले सन् १९९६ देखि २०११ सम्म लगातार पाँच पटक एकदिवसिय विश्वकप खेलेको थियो । उक्त विश्वकपमा केन्याले श्रीलंका, जिम्बावे, बंगलादेशलाई हराउँदै सेमिफाइनल खेल्दै विश्व क्रिकेटमा सनसनी मच्चाएको थियो ।
त्यस्तै २००७ को टि२० विश्वकप खेलेको थियो । सन् २००० देखि २००४ सम्म गरि तीन पटक च्याम्पियन्स ट्रफी खेलेको थियो । पछिल्लो एक दशकमा भने केन्याको स्तर धेरै खस्किएको छ । असल नेतृत्व र आन्तरिक राजनीतिको कारण कमजोर बन्दै गएको छ ।
नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसिय विश्वकप छनोट चरण खेलिरहेका छन् । नेपालले माथिल्लो स्तरको खेल्दा केन्याले सबैभन्दा तल्लोक्रमको छनोट खेलेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग बी खेलेको छ । जसमा केन्या, हङकङ, इटाली, बर्मुडा, जर्सी र युगान्डा छन् ।
च्यालेन्ज लिगको शीर्षस्थानमा रहने टोलीले विश्वकप ग्लोबल छनोटमा पुग्ने प्लेअफ खेल्नुपर्ने हुन्छ । यता नेपाल भने लिग–२ को शीर्ष तीन स्थानमा रहेमा सोझै विश्वकप ग्लोबल छनोट खेल्नेछ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल र केन्याले अन्तिम पटक डिभिजन टु मा २०१८ मा नामिबियामा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा नेपालले केन्यालाई तीन विकेटले हराएको थियो ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख(विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।
वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जि.सी. हरि शंकर शाह ।
केन्या र नेपालबीचको खेल तालिका
पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)
दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)
तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)
चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)
पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)
तीन एकदिवसिय अभ्यास खेल
पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)
दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)
तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]