default_image

3 years ago

August 10, 2022

अफगानिस्तानमाथि आयरल्यान्डको रोमान्चक जित

258 views

0 Bookmark

एजेन्सी – आयरल्यान्डले अफगानिस्तानसँगको पहिलो टि२० आई खेलमा ७ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा घरेलु टोली आयरल्यान्डले १-० को अग्रता लिएको छ । यस सिजनमा आयरल्यान्डले आफ्नो जित विहीन यात्रालाई पनि अन्त्य गरेको छ ।

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिँएको थियो । तीव्र गतिका बलर नविन उल हकलाई ह्यारी टेक्टरले पहिलो बलमा दुई र दोस्रो बलमा चौका प्रहार गर्दै दबाबमा राखे ।

तेस्रो बलमा योर्करको कारण एक रन मात्र बटुल्न पाए । त्यसपछि जर्ज डोकरेलले लगातार दुई चौका प्रहार गर्दै खेल जिताए । चौथो बलमा भने फिल्डिङ मिसको कारण चौका जान पुगेको थियो ।

आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले ३८ बलमा ५ चौका र १ छक्कासहित ५१ रनको इनिङ खेले । लोर्कन टकर ३६ बलमा ६ चौका र १ छक्कासहित ५० रनमा आउट भए । ओपनर पल स्टर्लिङ र बालबर्नीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । दोस्रो विकेटका लागि बालबर्नी र टकरले ६२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । स्टर्लिङ २९ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए ।

ह्यारी टेक्टर १५ बलमा १ चौका र १ छक्कासहित २५ र डोकरेल १० रनमा अविजित रहे । अफगानिस्तानका मुजिब उर रहमान, मोहम्मद नावी र नविन उल हकले एक एक विकेट लिए । राशिद खानले ४ ओभरमा २५ रन खर्चेपनि विकेट लिन सकेनन् ।

त्यसअघि सिभिल सर्भिस क्रिकेट क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनायो ।

अफगानिस्तानका उस्मान घानी ४२ बलमा ५ चौका र २ छक्कासहित ५९ रनको अर्धशतकीय इनिङ खेले । ओपनर रहमानुउल्लाह गुरबाज २६ र ईब्राहिम जद्रान २९ रनमा आउट भए । आयरल्यान्डका ब्यारी म्याकार्थीले ४ ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए । जर्ज डोकरेलले २ ओभरमा ७ रन खर्चेर दुई विकेट लिए । दोस्रो खेल बिहीबार हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.