default_image

3 years ago

August 17, 2022

‘वेस्टइन्डिजबाट अर्को विश्वकप जित्न चाहन्छु’ – रसेल

317 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजका विष्फोटक ब्याटिङ अलराउन्डर आन्द्रे रसेलले अर्को विश्वकप जित्न चाहेको बताएका छन् । २०२१ को टि२० विश्वकपपछि वेस्टइन्डिजको टोलीबाट बाहिर रहेका रसेलले अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने इच्छा अझै रहेको पनि जनाएका छन् ।

दुई पटकका टि२० विश्वकप च्याम्पियन रसेलले वेस्टइन्डिजबाट अर्को विश्वकप जित्न चाहेको बताएका छन् । सन् २०१२ र २०१६ मा वेस्टइन्डिजले विश्वकप जित्दा रसेल टोलीका महत्त्वपूर्ण सदस्य थिए । रसेल हाल द हन्ड्रेडको लागि इंग्ल्यान्डमा म्यानचेस्टर ओरिजिन्सबाट खेल्दै आएका छन् । वेस्टइन्डिजलाई दुई विश्वकप जिताउने कप्तान ड्यारेन स्यामीको वेल्स फायरविरुद्ध रसेलको स्थितिबारे सोधेका थिए ।

‘म शान्त छु । किनभने हामीले जुन छलफल गरेका थियौं, त्यो एकदमै स्पष्ट थियो’, रसेलले भने । गत हप्ता वेस्टइन्डिजका मुख्य प्रशिक्षक फिल सिमन्सले रसेललाई वेस्टइन्डिजका लागि उपलब्ध हुन बिन्ती नगर्ने जनाएका थिए ।

पछिल्लो समय वेस्टइन्डिजले लगातार खराब प्रदर्शन गर्दा रसेलको अनुपस्थितिबारे पश्न उठ्दै आएको छ । रसेलले गत वर्ष नोभेम्बरमा आबुधाबीमा भएको टि२० विश्वकपमा अष्ट्रेलियाविरुद्ध खेलेका थिए । त्यसपछि उनले वेस्टइन्डिजको टोलीमा मौका पाएका छैनन् ।

‘अहिले मलाई नराम्रो देखाएका छन् । सबैको अगाडी दोष मलाई लागेको छ र म नराम्रो बनेको छु । मैले यसो हुन्छ भन्ने अपेक्षा गरेको थिएँ । ड्यारेन म अब साँच्चै चुप लागेर बस्नेछु’, रसेलले भनेका छन् ।

ड्यारेन स्यामीले के अझै वेस्टइन्डिजका लागि खेल्न चाहन्छौं भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘म ३४ वर्ष भएँ । म अझै अर्को विश्वकप जित्न चाहन्छु, वा भनौं अझै दुई वटा – वेस्टइन्डिजका लागि । म अहिले जहाँ छु हरेक दिन हेरेर अघि बढिरहेको छु ।’

‘मैले फ्रेन्चाइज क्रिकेटमा दुई शतक प्रहार गरेको छु । म चाहन्थें कि त्यो शतक वेस्टइन्डिजका लागि खेल्दा होस् । म अहिले यो भनिरहेकोमा पछुतो मान्दिन । म जमैका तलावाजबाट खेल्दा निकै खुसी छु । तर त्यो शतक अन्तर्राष्ट्रिय क्रिकेटमा भएको भए अझ विशेष हुन्थ्यो’, रसेलले भने । रसेलले सिपिएलमा २०१६ र २०१८ मा ट्रिन्बागो नाइट राइडर्सविरुद्ध १०० र १ सय २१ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

क्रिकेट वेस्टइन्डिजको केहि शर्तमा असहमति जनाएपनि अझै अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने रहर रहेको उनले प्रष्ट पारे । ‘म सधैं वेस्टइन्डिजको टोलीबाट खेलेर योगदान दिन चाहन्छु । तर यदि बोर्डसँग सहमति हुन सक्दैन भने हाम्रो पनि सुन्नुपर्छ । सबैको शर्तको सम्मान गर्नुपर्छ । हाम्रो पनि परिवारप्रति जिम्मेवारी हुन्छ र यो एउटै करिअरमा मेरो परिवारले पाउने अवसर अडेको छ,’ उनले भने ।

रसेलले अर्को हप्ता सिपिएल खेल्नका लागि द हन्ड्रेड छाड्नेछन् । वेस्टइन्डिजमा हुने सिपिएलमा रसेलले ट्रिन्बेगो नाइट राइडर्सबाट सिपिएल खेल्नेछन् । वेस्टइन्डिजमा प्रमुख छनोटकर्ता डेसमन्ड हेन्सले सिपिएल टि२० विश्वकपको छनोटको प्रमुख आधार बताएका छन् ।

रसेललाई टोलीमा फर्कने त्यो राम्रो आधार हुनेछ । वेस्टइन्डिजलाई रसेल आवश्यक पनि देखिन्छ । टि२० विश्वकप अक्टोबर नोभेम्बरमा हुँदा रसेल सिपिएलमा राम्रो गर्दै टोलीमा फर्कन सक्छन् । सिपिएल ३१ अगष्टदेखि सुरु हुनेछ ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.