default_image

2 years ago

August 17, 2022

नेपालको टि२० वरीयता घट्यो, सिधै विश्वकप खेल्ने अवसर कठिन

एजेन्सी – विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ टि२० आई वरीयतामा नेपालको स्थान घटेको छ । टि२० आई वरीयता घटेसँगै नेपालले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप सिधै खेल्न पाउने सम्भावना पनि कठिन बन्दै गएको छ । नेपालको वरीयता एक स्थान वरियता घट्दै १४ औं स्थानमा पुगेको […]

136 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ टि२० आई वरीयतामा नेपालको स्थान घटेको छ । टि२० आई वरीयता घटेसँगै नेपालले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप सिधै खेल्न पाउने सम्भावना पनि कठिन बन्दै गएको छ ।

नेपालको वरीयता एक स्थान वरियता घट्दै १४ औं स्थानमा पुगेको छ । नेपाललाई पछि पार्दै आयरल्यान्ड १३ औं स्थानमा उक्लिएको छ । नेपाल भन्दापछि नामिबिया र स्कटल्यान्ड १५ औं र १६ औं स्थानमा छन् । ओमान १७ औं, नेदरल्यान्ड्स १८ औं, पपुवा न्युगिनी १९ औं र क्यानडा २० औं स्थानमा छन् ।

वरीयतामा भारत शीर्षस्थानमा छ । इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो, न्युजिल्यान्ड पाँचौं र अष्ट्रेलिया छैटौं स्थानमा छन् । वेस्टइन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान १० औं, जिम्बावे ११ औं र युएई १२ औं स्थानमा छन् ।

आयरल्यान्डले अफगानिस्तानसँगको पाँच टि२० आई खेलमा चार सकिँदा दुई खेल जितेको छ । त्यसको कारण वरियतामा सुधार गरेको हो । ओडिआईतर्फ भने नेपालको वरियता १९ औं स्थानमा यथावत छ ।

खेलाडीको वरियता

ओडिआई ब्याटिङतर्फ रोहित पौडेल ८१ औं र आसिफ शेख एक सय औं स्थानमा यथावत छन् । ओडिआईको बलिङतर्फ कप्तान सन्दीप लामिछाने ३४ औं स्थानमा यथावत छन् । सोमपाल कामी र करण केसीको भने वरियता एक एक स्थान खस्किदै क्रमशः ९४ औं र ९५ औं स्थानमा पुगेका छन् ।

टि२० आईको ब्याटिङतर्फ कुशल भुर्तेल ३९ औं र दीपेन्द्रसिंह ऐरी ४२ औं स्थानमा छन् । आसिफ शेख स्थान सुधार गर्दै ९७ औं स्थानमा उक्लिएका छन् । टि२० आईको बलिङतर्फ सन्दीपले दुई स्थान सुधार गर्दै ४२ औं स्थानमा उक्लिएका छन् । अभिनाश बोहराले एक स्थान सुधार गर्दै ९४ औं स्थानमा छन् ।

अलराउन्डरतर्फ दीपेन्द्र आठौं स्थानमा छन् । नेपालले अब केन्यासँग पाँच टि२० आई खेल खेल्दैछ । पहिलो खेल २५ अगष्टमा हुनेछ । नेपाल २३ अगष्टमा केन्या प्रस्थान गर्नेछ ।

यस्तो छ सिधै विश्वकप खेल्ने अवसर

२०२४ को टि२० विश्वकपमा २० टोली सहभागी हुने विश्वकपमा १२ टोलीले छनोटमा प्रतिस्पर्धा नगरी सिधै स्थान बनाउने छन् । आगमी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपबाट शीर्ष ८ टोली सोझैं छनोट हुने छन् ।

अमेरिका र वेस्टइन्डिज आयोजक हुँदा स्वतः छनोट भइसकेका छन् । २०२२ को विश्वकपका शीर्ष ८ टोली तथा वरीयता अनुसार त्यसपछिका शीर्ष दुई टोली विश्वकप खेल्न पाउनेछन् । बाँकी ८ देश पाँच क्षेत्रको विभिन्न छनोट खेल्नु पर्नेछ । वरियता २०२२ नोभेम्बर १४ सम्मको लाई आधार मानिनेछ ।

यदि वेस्टइन्डिज यस वर्ष हुने टि२० विश्वकपमा शीर्ष ८ मा परेको खण्डमा वरियताको आधारमा थप तीन टोली २०२४ को विश्वकप खेल्नेछन् । एसिया क्षेत्र छनोटबाट दुई टोलीले स्थान बनाउने छन् । ८ मध्य अफ्रिका, युरोप र एसिया क्षेत्रको छनोटबाट दुई दुई देश विश्वकपमा पुग्नेछन् ।

अमेरिका र इएपि क्षेत्रबाट १–१ टोली आउने छन् । यदि नेपालले सिधै छनोट हुन नसके एसिया क्षेत्र छनोट खेल्नुपर्ने हुन्छ । वरियता घट्दै जादा नेपालको कठिन बन्दै गएको छ ।

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

Success

Thank you for your time.