3 years ago
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो टि२० आई खेलमा केन्याविरुद्ध राम्रो सुरुवात गरेको छ । नैरोबी स्थित जिमखान क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गर्दै सुरुवाती ६ ओभरमा २ विकेट गुमाउँदै ३४ रन बनाएको छ ।

तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर एलेक्स ओबान्डालाई ६ रनमा बोल्ड आउट गरे । एलेसले त्यसअघिको बलमा सोमपाललाई छक्का हानेका थिए ।
क्रिजमा इफराम करिम १५ बलमा ३ चौकासहित १६ रनमा अविजित छन् । छैटौं ओभरको अन्तिम बलमा कोलिन्स ओबुया मिडअफमा ज्ञानेन्द्र मल्लबाट १२ रनमा क्याच आउट भए । उनले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, विवेक यादव, पवन सरार्फ र सोमपाल कामी ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]