default_image

3 years ago

August 25, 2022

सोमपालको उत्कृष्ट बलिङमा नेपाललाई केन्याको मध्यम लक्ष्य

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीको उत्कृष्ट बलिङमा घरेलु टोली केन्याले पहिलो टि२० आई खेलमा नेपाललाई १ सय ३१ रनको मध्यम लक्ष्य दिएको छ । नैरोबी स्थित जिमखान क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो ।

केन्याका विकेटकिपर इफरान करिमले ४४ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाए । लुकास अलुओच १३ बलमा ५ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।

तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर एलेक्स ओबान्डालाई ६ रनमा बोल्ड आउट गरे । एलेसले त्यसअघिको बलमा सोमपाललाई छक्का हानेका थिए । आदिल अन्सारीको छैटौं ओभरको अन्तिम बलमा कोलिन्स ओबुया मिडअफमा ज्ञानेन्द्र मल्लबाट १२ रनमा क्याच आउट भए । उनले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

रकिब पटेललाई सन्दीप लामिछानेले आठौं ओभरको दोस्रो बलमा ९ रनमा एलबीडब्लू आउट गरे । दीपेन्द्रसिंह ऐरीले नेल्सन ओधियाम्बोलाई १९ रनमा वैकिल्पक फिल्डर देव खनालबाट क्याच गराए । इफराम करिमलाई सन्दीपले नै कट एण्ड बोल्डको सिकार बनाए । १८ औं ओभरमा सन्दीपले दुई छक्का र एक चौकासहित कुल १७ रन खर्चिएका थिए ।

सचिन भुडिया १५ बलमा २ छक्कासहित १७ रनमा आउट भए । लगत्तै अर्को बलमा शेम न्योचेलाई आउट गरे । १९ औं ओभरमा सोमपालले दुई विकेट लिँदै मात्र एक रनमात्र खर्चिए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.