3 years ago
August 28, 2022
एजेन्सी – केन्याले तेस्रो टि२० आई खेलमा प्रस्तुत गरेको चुनौतीपूण लक्ष्य पछ्याएको नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउँदै ८८ रन बनाएको छ ।

ज्ञानेन्द्र मल्ल २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा अािवजित छन् । उनलाई रोहित पौडेलले ३ रनमा साथ दिनेछन् । नेपालका लागि डेब्यू खेल खेलेका युवा विकेटकिपर अर्जुन साउद ३१ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा बोल्ड आउट भए ।
अर्जुन स्पिनर विरज पटेलको ११ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा अघि बढेपनि मिस हुँदै बोल्ड भएका थिए । अन्तिम बलमा दीपेन्दसिंह ऐरी ६ रनमा क्याच आउट भए ।
पहिलो विकेटका लागि अर्जुन र पवन सरार्फले ३.२ ओभरमा ३५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । पवन १२ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र अर्जुनले ४२ रनको साझेदारी गरेका थिए ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]