default_image

3 years ago

August 28, 2022

भुवनेश्वर र हार्दिकको उत्कृष्ट बलिङमा पाकिस्तानको मध्यम योगफल

183 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर भुवनेश्वर कुमार र हार्दिक पान्ड्याको उत्कृष्ट बलिङमा पाकिस्तानले टि२० एसिया कप २०२२ मा भारतलाई १ सय ४८ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान १९.५ ओभरमा १ सय ४७ रनमा अल आउट भयो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ४२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । ओपनर तथा कप्तान बाबर आजम तेस्रो ओभरमै आउट भएपछि पाकिस्तान सुरुवातमै दबाबमा परेको थियो । तीव्र गतिका बलर भुवनेश्वर कुमारको बाउन्सर बलमा एज लागेर बाबर आजम १० रनमा अर्शदीपसिंहबाट क्याच आउट भए ।

आवेश खानको छैटौं ओभरको पाँचौं बलमा फखार जमान १० रनमा विकेटकिपर दीनेश कार्तिकबाट क्याच आउट भए । फखार एज लागेर अम्पायरले आउट नदिँदै आफैं पेभिलिएनतर्फ लागेका थिए ।

तेस्रो विकेटका लागि इफ्तिखर अहमद र रिजवानले ४५ रनको साझेदारी गरेका थिए । हार्दिकको बलमा इफ्तिखर २८ रनमा कार्तिकबाट क्याच भए । उनले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।


हार्दिकको १५ औं ओभरको पहिलो बलमा रिजवान थर्डम्यानमा आवेश खानबाट क्याच आउट भए । एक बलपछि खुशदील शाह दुई रनमा क्याच आउट भए ।

भुवनेश्वर कुमारले विष्फोटक ब्याटर आसिफ अलीलाई ९ रनमा सूर्यकुमार यादवबाट क्याच गराएपछि ठूलो इनिङको सम्भावना सकिएको थियो । तल्लोक्रमका शहनवाजले ६ बलमा २ छक्कासहित १६ रनमा आउट भए ।

भारतका भुवनेश्वर कुमारले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । अर्शदीपसिंहले ३.५ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । आवेश खानले एक विकेट लिए ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.