default_image

3 years ago

August 29, 2022

नेपालको वरियता घट्यो

399 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ टि२० आई वरीयतामा नेपालको स्थान घटेको छ । टि२० आई वरीयता घटेसँगै नेपालले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप सिधै खेल्न पाउने सम्भावना पनि कठिन बन्दै गएको छ ।

नेपालको वरीयता एक स्थान घट्दै १५ औं स्थानमा पुगेको छ । नेपाललाई पछि पार्दै नामिबिया १४ औं स्थानमा उक्लिएको छ । नेपाल भन्दापछि स्कटल्यान्ड १६ औं स्थानमा छ । ओमान १७ औं, नेदरल्यान्ड्स १८ औं, पपुवा न्युगिनी १९ औं र हङकङ २० औं स्थानमा छन् ।

वरीयतामा भारत शीर्षस्थानमा छ । इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो, न्युजिल्यान्ड पाँचौं र अष्ट्रेलिया छैटौं स्थानमा छन् । वेस्टइन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान १० औं, जिम्बावे ११ औं, आयरल्यान्ड १२ औं र युएई १३ औं स्थानमा छन् ।

यस्तो छ सिधै विश्वकप खेल्ने अवसर

२०२४ को टि२० विश्वकपमा २० टोली सहभागी हुने विश्वकपमा १२ टोलीले छनोटमा प्रतिस्पर्धा नगरी सिधै स्थान बनाउने छन् । आगमी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपबाट शीर्ष ८ टोली सोझैं छनोट हुने छन् ।

अमेरिका र वेस्टइन्डिज आयोजक हुँदा स्वतः छनोट भइसकेका छन् । २०२२ को विश्वकपका शीर्ष ८ टोली तथा वरीयता अनुसार त्यसपछिका शीर्ष दुई टोली विश्वकप खेल्न पाउनेछन् । बाँकी ८ देश पाँच क्षेत्रको विभिन्न छनोट खेल्नु पर्नेछ । वरियता २०२२ नोभेम्बर १४ सम्मको लाई आधार मानिनेछ ।

यदि वेस्टइन्डिज यस वर्ष हुने टि२० विश्वकपमा शीर्ष ८ मा परेको खण्डमा वरियताको आधारमा थप तीन टोली २०२४ को विश्वकप खेल्नेछन् । एसिया क्षेत्र छनोटबाट दुई टोलीले स्थान बनाउने छन् । ८ मध्य अफ्रिका, युरोप र एसिया क्षेत्रको छनोटबाट दुई दुई देश विश्वकपमा पुग्नेछन् ।

अमेरिका र इएपि क्षेत्रबाट १–१ टोली आउने छन् । यदि नेपालले सिधै छनोट हुन नसके एसिया क्षेत्र छनोट खेल्नुपर्ने हुन्छ । वरियता घट्दै जादा नेपालको कठिन बन्दै गएको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.