3 years ago
September 2, 2022
एजेन्सी – ओपनर आसिफ शेखले केन्यासँगको पहिलो एकदिवसिय अभ्यास खेलमा अर्धशतक प्रहार गरेका छन् । जितका लागि २ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा कुनै विकेट नगुमाई ९९ रन बनाएको छ ।

नेपालका आसिफ शेख ५७ बलमा ७ चौकासहित ५३ रनमा अविजित छन् । उनले ५६ बलमा अर्धशतक पूरा गरेका हुन् । अर्जुन साउद ६३ बलमा ५ चौकासहित ४३ रनमा क्रिजमा छन् ।
त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्या ४८.१ ओभरमा २ सय १८ रनमा अल आउट भएको थियो ।
केन्याका रकिप पटेलले ७४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाए । कोलिन्स ओबुयाले १ सय १८ बलमा ३ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । पाँचौं विकेटका लागि लागि रकिप र ओबुयाले १ सय ३० रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए । तर त्यसपछिका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका सोमपाल कामीले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । करण केसीले ९.१ ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]