3 years ago
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेखको शतकमा नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्यामाथि ७ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेलमा नेपालले १–० को अग्रता लिएको छ ।

जितका लागि २ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले १ सय २० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले । आसिफ शेखले शेम न्गोचेलाई ४० औं ओभरको चौथो बलमा छक्का हान्दै १ सय १० बलमा शतक प्रहार गरेका थिए ।
आसिफ विशिल पटेलको बलमा अघि बढेर सट खेल्ने धुनमा मिस हुँदै बोल्ड भए । नेपाललाई सानदार जित दिलाउन अर्जुन साउद र आसिफ शेखले पहिलो विकेटका लागि ३१.१ ओभरमा १ सय ४१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अर्जुन ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनमा आउट भए । अर्जुनले शेम न्गोचेलाई छक्का हान्दै ७७ बलमा अर्धशतक पूरा गरेका थिए । अर्जुृन शेमको बलमा मिडअफमा क्याच आउट भएका थिए ।
ज्ञानेन्द्र मल्ल ५० बलमा १ चौकासहित २४ रनमा आउट भए । कप्तान रोहित पौडेल ३ रन र दीपेन्द्रसिंह ऐरी ११ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे । केन्याका विशिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले एक एक विकेट लिए ।
त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्या ४८.१ ओभरमा २ सय १८ रनमा अल आउट भएको थियो । केन्याका रकिप पटेलले ७४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाए । कोलिन्स ओबुयाले १ सय १८ बलमा ३ चौका र २ छक्कासहित ६२ रनमा आउट भए ।

पाँचौं विकेटका लागि लागि रकिप र ओबुयाले १ सय ३० रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए । तर त्यसपछिका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । यी दुई खेलाडीबीचको शतकीय साझेदारी आदिल अन्सारीले पटेललाई रोहित पौडेलबाट क्याच गराउँदै तोडेका थिए ।
तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको पाँचौं बलमा ओपनर सुखदीप सिंहलाई ५ रनमा कट एण्ड बोल्ड आउट गरे । करण केसीले चौथो ओभरको दोस्रो बलमा एलेक्स ओबान्डालाई शून्यमा विकेटकिपर अर्जुन साउदबाट क्याच गराए ।
नवौं ओभरको दोस्रो बलमा नेल्सनलाई सोमपालले दुई रनमा एलबीडब्लू आउट गरे । १३ औं ओभरको पाँचौं बलमा पवन सरार्फले इफरान करिमलाई ३० रनमा बोल्ड आउट गरे । करिमले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

तल्लोक्रमका सचिन भुडियाले २१ बलमा १ चौका र २ छक्कासहित २६ रनमा रन आउट भए । नेपालका सोमपाल कामीले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । करण केसीले ९.१ ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । आदिल अन्सारी र पवन सरार्फले एक एक विकेट लिए ।
दोस्रो खेल शनिबार हुनेछ । सन्दीप लामिछाने भने टि२० आई सिरिजपछि क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका छन् । पाँच टि२० आई खेलको सिरिज नेपालले ३–२ ले जितेको थियो ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]