3 years ago
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले नेपाललाई दोस्रो एकदिवसिय अभ्यास खेलमा उत्कृष्ट सुरुवात दिलाएका छन् । जितको लागि २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको केन्या २२ ओभरमा ४ विकेट गुमाउँदै ८० रन बनाएको छ ।

केन्याका रकिप पटेल २४ र कोलिन्स ओबुया १६ रनमा अविजित छन् । सोमपाल कामीले पहिलो बलमै सुखदीप सिंहलाई रोयल डक बोल्ड गरे । सोमपालले नै सातौैं ओभरको अन्तिम बलमा नेल्सनलाई २८ रनमा एलबीडब्लु आउट गरे । उनले २७ बलमा ५ चौका प्रहार गरे ।
विकेटकिपर इफरान करिमलाई करण केसीले ८ रनमा साहब आलमबाट क्याच गराए । सोमपालले नै सचिन भुडियालाई शून्यमा क्याच गराएपछि केन्या ८.२ ओभरमा ३९–४ को अवस्थामा पुगेको थियो । सोमपाल कामीले ६ ओभरमा २ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिएका छन् ।
त्यसअघि नैरोबीमामा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४९.२ ओभरमा २ सय ३० रनमा अल आउट भयो । नेपालका रोहित पौडेलले ९५ बलमा ७ चौकासहित सर्वाधिक ७८ रनको इनिङ खेले ।
तीन एकदिवसिय अभ्यास सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]