default_image

3 years ago

September 4, 2022

भारतमाथि पाकिस्तानको रोमान्चक जित

327 views

0 Bookmark

एजेन्सी – मोहम्मद रिजवान र मोहम्मद नवाजको उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले टि२० एसिया कप २०२२ को सुपर फोरमा भारतमाथि ५ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै पाकिस्तानले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।


जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७१ रनको इनिङ खेले । मोहम्मद नवाजले २० बलमा ६ चौका र २ छक्कासहित ४२ रनको आक्रामक इनिङ खेले ।

पाकिस्तानलाई अन्तिम १२ बलमा जितको लागि २६ रन चाहिँएको थियो । १९ औं ओभरमा भुवनेश्वर कुमारले एक छक्का र दुई चौकासहित कुल १९ रन खर्चिएपछि भारतको जितको सम्भावना टाढिएको थियो । त्यसअघि अर्शदीपसिंहले १८ औं ओभरको तेस्रो बलमा आसिफ अलीको सहज क्यान शून्यमा छाडेका थिए । जुन ठूलो भारी पर्यो । आसिफ अली ८ बलमा २ चौका र १ छक्कासहित १६ रनमा आउट भए ।

अन्तिम ६ बलमा जितको लागि ७ रन चाहिँएको थियो । अर्शदीप सिंहलाई दोस्रो बलमा आसिफ अलीले चौका हान्दै पाकिस्तानलाई जित नजिक पुर्याए । तेस्रो बल डट राखेपछि तीन बलमा दुई रन चाहिँएको थियो । चौथो बलमा आसिफ अली एलबीडब्लू आउट भए । पाँचौं बलमा इफ्तिखर अहमदले दुई रन बटुल्दै जित पक्का गराए । खुशदील शाह ११ बलमा १ चौकासहित १४ रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि मोहम्मद नवाज र मोहम्मद रिजवानले ४१ बलमा ७३ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । पाकिस्तानले दोस्रो विकेटका रुपमा फखार जमान १५ रनमा नवौं ओभरको चौथो बलमा आउट भएपछि नवाजलाई ब्याटिङमा पठाएको थियो ।

प्रमुख ब्याटर खुशदील शाह, इफ्तिखर अहमद र आसिफ अलीलाई छाडेर नवाजलाई माथि पठाएको थियो । जुन जितको टर्निङ प्वाइन्ट बन्यो । नवाजले पनि पाएको अवसर भरपूर्ण प्रयोग गरे । ओपनर तथा कप्तान बाबर आजम स्पिनर रवि विश्रोईको बलमा १४ रनमा रोहित शर्माबाट क्याच आउट भए ।

बाबरले १० बलमा २ चौका हाने । युजभेन्द्र चहलको बलमा ठूलो सट खेलेका फखार जमान विराट कोहलीबाट क्याच हुन पुगेका थिए । जमानले १८ बलमा २ चौका हाने । भारतका रवि विश्रोई, अर्शदीपसिंह, भुवनेश्वर कुमार, हार्दिक पान्ड्या र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । भारतका विराट कोहलीले ४४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६० रनमा रन आउट भए । कोहलीको यो लगातार दोस्रो अर्धशतक हो । कोहलीले हङकङविरुद्ध ५९ रनको इनिङ खेलेका थिए ।

भारतले सुरुवात सानदार गरेको थियो । ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि ५.१ ओभरमा ५४ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर हरिस रौफको बलमा रोहित एज लागेर खुशदील शाहबाट २८ रनमा क्याच भए । रोहितले १६ बलमा ३ चौका र २ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरको पहिलो बलमा राहुल लङअनमा मोहम्मद नवाजबाट २८ रनमा क्याच भए । राहुलले २० बलमा १ चौका र २ छक्का प्रहार गरे ।

भारतले पहिलो पावरप्लेमा १ विकेट गुमाउँदै ६२ रन बनाएको थियो । मध्यक्रममा भने भारतले लगातार विकेट गुमायो । नवाजको दशौं ओभरको चौथो बलमा सूर्यकुमार यादव स्क्वायर लेगमा आसिफ अलीबाट १३ रनमा क्याच भए । शादब खानले ऋषभ पन्तलाई १४ औं ओभरको पाँचौं बलमा १४ रनमा क्याच गराएपछि भारत १२६–४ को अवस्थामा पुगेको थियो ।

तीव्र गतिका बलर मोहम्मद हसनैनको बलमा हार्दिक पान्ड्या शून्यमा क्याच भएपछि भारत दबाबमा परेको थियो । दीपक हुडा १४बलमा २ चौकासहित १६ रनमा आउट भए । रवि विश्रोई २ बलमा २ चौकासहित ८ रनमा अविजित रहे ।

पाकिस्तानका शादब खानले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । मोहम्मद नवाजले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । मोहम्मद हसनैनले ४ ओभरमा ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । नसिम शाहले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । हरिस रौफले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए ।

समूह चरणको खेलमा पाकिस्तान भारतसँग ५ विकेटले पराजित भएको थियो । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । सुपर फोरको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।

भारतले अव मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग खेल्नेछ । पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग खेल्नेछ । शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् । फाइनल आइतबार हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.