3 years ago
September 7, 2022
एजेन्सी – उपाधिको दावेदार भारतले युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरमा लगातार दुई खेल हारेपछि फाइनल पुग्ने समिकरण अंक गणीतिय अर्थात झिनो आशा मात्र बाँकी राखेको छ ।

मंगलबार राती श्रीलंकासँग ६ विकेटले पराजित भएपछि भारतको फाइनल खेल्ने सम्भावना झिनो अंक गणीतिय मात्र बाँकी रहेको हो । भारतले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्दै फाइनल नजिक पुगेको छ । श्रीलंका फाइनलमा पुग्न औपचारिकता मात्र बाँकी छ ।
भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । भारतले सुपर फोरमा अव अफगानिस्तानसँग खेल्न बाँकी छ । पाकिस्तानले श्रीलंका र अफगानिस्तानसँग खेल्न बाँकी छ ।
बुधबार पाकिस्तानले अफगानिस्तानसँग खेल्नेछ । पाकिस्तान विजयी भएमा भारत अधिकारिक रुपमा सुपर फोरबाटै बाहिरनेछ । अफगानिस्तानले पाकिस्तानलाई हराएको खण्डमा भने झिनो अंक गणीतिय सम्भवाना बाँकी रहनेछ । तर भारतले शुक्रबार श्रीलंका र पाकिस्तानबीचको नतिजा पनि पर्खनु पर्छ । उक्त खेलमा पनि पाकिस्तानले हार्नै पर्ने हुन्छ ।
भारतको अन्तिम आशा अब दुई अंक र अन्य नतिजा आफ्नो अनुकुल आउनु मात्रै हो । यो अवस्थामा भारतले बिहीबार अफगानिस्तानमाथि फराकिलो जित हात पार्दै २ अंक जोड्नुपर्छ । तर बुधबार अफगानिस्तानको जितको कामना गर्नुपर्ने हुन्छ । पाकिस्तानले दुबै खेल हारेको खण्डमा तीन टोलीको समान २–२ अंक हुनेछ । २–२ अंकमा नेटरनरेटमा माथि रहँदै भारत फाइनल खेल्ने झिनो अंक गणीतिय आशामा छ ।
सोझो अर्थमा पाकिस्तानले दुवै खेलमा हारेको खण्डमा मात्र भारत फाइनलमा पुग्न सक्छ । अन्यथा एक खेलमा जित वा कुनै कारण खेल रद्द हुँदा पनि पाकिस्तान फाइनलमा पुग्ने सम्भावना उच्च छ । श्रीलंका भने ४ अंकका साथ फाइनलमा स्थान लगभग पक्कापक्की गराएको औपचारिकता बाँकी छ ।
तर उच्च लयमा रहेको पाकिस्तान दुवै खेलमा विजयी हुने सम्भावना उच्च छ । एसिया कपमा हङकङलाई ३८ रनमा अल आउट गर्दै सानदार जित हात पारेको थियो । सुपर फोरमा भारतमाथि सानदार जित हात पारेको थियो । भारतलाई हराउन पाकिस्तानले १ सय ८२ रनको लक्ष्य १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । समूह चरणमा भने पाकिस्तान भारतसँग ५ विकेटले पराजित भएको थियो । बाबर आजमले कप्तानी सम्हालेपछि पाकिस्तानमा धेरै परिवर्तन भएको छ । युएई पाकिस्तानको घरेलु मैदान समेत हो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]