3 years ago
September 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नाबालिकालाई बलात्कार गरेको आरोप लागेका कप्तान सन्दीप लामिछानेलाई तत्काल कप्तानबाट नहटाउने भएको छ ।

बलात्कारको आरोप लागेपछि नैतिकताको आधारमा सन्दीपलाई तत्काल कप्ताानबाट हटाउन सक्ने चर्चा चलेको थियो । तर क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई तत्काल जिम्मेवारीबाट नहटाउने जनाएका छन् ।
‘अहिले छलफल केहि भएको छैन । यो कानुनी कुरा हो । हामीले छलफल गर्यौ भन्दा पनि कानुनले जे भन्छ हामी त्यहिँ अनुसार सहयोग गर्ने हो । तत्काल कप्तानबाट हटाउनु पर्दैन’, चन्दले हाम्रो खेलकुदसँग भने ।
त्यसैमा उनले थपे, ‘अब एक महिना नेपालको खेल नै छैन । तत्काल कप्तान हुनु र नहुनुमा कुनै अर्थ राख्दैन । सम्बन्धित निकायले कारबाही गर भन्यो भनी मात्र गर्ने हो । हामीले मिडियाबाटनै थाहा पाएको हो । अनुसन्धान निकायले केहि भन्यो भने अर्को निर्णय आउला ।’
‘कप्तान भएर र नभएर फरक पर्ने केहि छैन । किनभने नेपालको एक महिना कुनैपनि खेल छैन । एउटा सामान्य व्यक्ति भनेर उनलाई मुद्दा लागेको हो । क्रिकेटको कप्तान भनेर मुद्दा लागेको होईन । तत्काल कप्तानबाट हटाउदैनौं । अनुसन्धानको निर्णयपछि सहयोग माग्यो भने कानुन बमोजिम हामी कारबाही गर्छौ’, चन्दले भने ।
सन्दीप र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ । सन्दीप र किशोरी भदौ ५ गते ११:५५ बजे मा होटल पसेको देखिएको छ । प्रहरीले काठमाडौं–९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको बताइएको छ ।
मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको जनाएको छ । प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ । होटलमा करिब ७ घन्टा बसेर भदौ ६ गते बिहान ६:४६ मा उनीहरु होटलबाट फकिएको फुटबजमा देखिएको बताइएको छ ।
सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट तथा किशोरीले सेतो ज्याकेट, पहेलो टिसर्ट र कालो जिन्स लगाएकी फुटेजमा देखिएको बताइएको छ ।
सन्दीपले आफूमाथि मध्यरात पटक–पटक बलात्कार गरेको प्रहरीलाई बताएकी छन् । प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको बताइएको छ । प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट बुधबार नै पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी रहेको बताइएको छ ।
नेपाली क्रिकेट टोली भदौ ६ गते मा केन्या प्रस्थान गरेको थियो । उक्त समयमा सन्दीप सहित ११ खेलाडी केन्या गएका थिए । केन्यासँगको पाँच टि२० आई सिरिज नेपालले ३–२ ले जितेको थियो । कप्तान सन्दीप टि२० आई सिरिजमा प्लेयर अफ द सिरिज चुनिएका थिए ।
सन्दीपले केन्यासँगको तीन एकदिवसिय अभ्यास खेल भने खेलेका थिएनन् । क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्जि गएपछि तीन एकदिवसिय अभ्यास खेल गुमाएका थिए । रोहित पौडेलको कप्तानीमा नेपालले उक्त सिरिज क्लिनस्विप गरेको थियो । सिपिएलमा सन्दीप जमैका तलवाजको टोलीमा छन् । तर यता बलात्कारको आरोप लागेपछि उनी नेपाल फर्किने सम्भावना छ । सन्दीपबाहेकको टोली बुधबार स्वदेश आइसकेको छ ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]