default_image

3 years ago

September 11, 2022

वसन्त र मिलन चम्कदा प्रदेश एकलाई प्रतिस्पर्धात्मक लक्ष्य

242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वसन्त खत्री र मिलन बोहरा चम्कदा सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा प्रदेश एकलाई १ सय ४५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।


टियु क्रिकेट मैदानमा हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । सुदूरपश्चिमका वसन्त खत्रीले ४१ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए । मिलन बोहराले ३० बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा आउट भए ।

सुदूरपश्चिमको सुरुवात भने राम्रो हुन सकेन । ओपनर तथा राजु रिजाल र दिल बोहरा दुबै शून्यमा आउट भए । खडक बोहरा ५ र बसन्त कार्की ४ रनमा आउट भएका थिए ।

एक समय ४–१५ को खराब अवस्थामा पुगेको सुदूरपश्चिमलाई पाँचौं विकेटका लागि वसन्त खत्री र मिलन बोहराले १ सय रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट पूनरागन गराएका थिए । लोकेन्द्र चन्दले ११ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भए । नारायण जोशी २ रनमा अविजित रहे ।

प्रदेश १ का दीपेश कंडेलले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । कप्तान फिर्दोस अन्सारीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । कमल खत्रीले एक विकेट लिए ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.