default_image

3 years ago

September 11, 2022

स्मिथको शतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

234 views

0 Bookmark

एजेन्सी – अनुभवी खेलाडी स्टिभ स्मिथको शतकमा अष्ट्रेलियाले तेस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई २ सय ६८ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६७ रन बनायो ।

अष्ट्रेलियाका स्टिभ स्मिथले १ सय ३१ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक १ सय ५ रनमा आउट भए । स्मिथले झन्डै दुई वर्षपछि शतक हानेका हुन् । स्मिथको ओडिआई करिअरको १२ औं शतक हो ।

अन्तिम ओडिआई खेल खेलेका कप्तान आरोन फिन्च ५ रनमा टिम साउथीको बलमा आउट भए । जोश इंग्लिस १० र ग्लेन म्याक्सवेल १४ रनमा आउट भए । मार्नस लाबुसेन ७८ बलमा २ चौकासहित ५२ रनमा आउट भए ।

तल्लोक्रमका युवा अलराउन्डर क्यामरन ग्रिन १२ बलमा २ चौका र २ छक्कासहित २५ रनमा अविजित रहे । एलेक्स केरी ४३ बलमा ३ चौकासहित ४२ रनमा अविजित रहे ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले १० ओभरमा ४ मेडनसहित २५ रन खर्चेर २ विकेट लिए । टिम साउथी, लोकी फर्गुसन र मिचेल सान्टनारले एक एक विकेट लिए । तीन ओडिआई खेलको सिरिज अष्ट्रेलियाले २–० को अग्रता लिएको छ ।

November 14, 2025

जनकपुर बोल्ट्स र म्यानेजमेन्टबीच निरन्तर सहकार्य

हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]

November 14, 2025

काठमाडौं गोर्खाज र प्रभु महालक्ष्मीको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

Success

Thank you for your time.