3 years ago
September 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगितामा एनआरएनए स्पोर्ट्स एकेडेमी र नेपाल पुलिस क्लबले क्लबबीचको दोस्रो सेमिफाइनल खेल ८–८ ओभरको हुने भएको छ ।

टियु क्रिकेट मैदानमा खेल दिउँसो १ ः १५ मा सुरु हुनुपर्ने थियो । तर बुधबार परेको वर्षाको कारण खेल ढिलो हुन सुरु भएको थियो । अम्पायरको चौथो पटकको मैदान निरिक्षणपछि खेल गर्ने निर्णय लिएका हुन् ।
टस दिउँसो ३ : १५ र खेल सुरु त्यसको १५ मिनेटपछि हुनेछ । यदि यस खेल वर्षाको कारण रद्ध भएमा भने एनआरएनए फाइनलमा पुग्नेछ । एनआरएनए नेपाल समूह बी को विजेता र पुलिस समूह बी को उपविजेताको रुपमा फाइनल खेलेका हुन् ।
बिहान पहिलो सेमिफाइनल खेल भने रद्द हुँदा आर्मी सेमिफाइनलमा पुगेको छ । आर्मी समूह ए को विजेता हुँदा फाइनलमा पुगेको हो । शुक्रबार तेस्रो र फाइनलको लागि प्रतिस्पर्धा हुनेछ ।
समूह बी बाट एनआरएनए नेपाल ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै पाँच अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । उपाधि दावेदार एपिएफ र बागमती प्रदेश एक खेल पनि खेल्न नपाई बाहिरिएपछि समूह बी बाट एनआरएनए र सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएका थिए ।
सुदूरपश्चिम ४ खेलमा १ मा जित, १ मा हार र २ खेल अंक बाँड्दै ४ अंकका सेमिफाइनलमा स्थान बनाएको थियो । तर समूह उपविजेताको कारण बाहिरियो ।
सुदूरपश्चिम, बागमती र एपिएफको ४–४ अंक थियो । सुदूरपश्चिमले एक खेल जितेको हुँदा नियम अनुसार सेमिफाइनलमा पुगेको हो । नियम अनुसार समान अंक भएमा जित हेर्ने गरिन्छ ।
आर्मी ५ खेलमा ३ मा जित र २ खेलमा अंक बाँड्दै ८ अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको थियो । पुलिस ५ खेलमा २ मा जित, एकमा हार र २ मा अंक बाँड्दै ६ अंकका साथ नेटरनरेटमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । कर्णाली ५ खेलमा २ मा जित, १ मा हार र २ खेलमा अंक बाँड्दै ६ अंक भएपनि नेटरनरेटको कारण बाहिरिएको हो ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]