default_image

3 years ago

September 15, 2022

पुलिसले टस जित्यो

201 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले एनआरएनए स्पोर्ट्स एकेडेमीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्ण लिएका हुन् । खेल ८–८ ओभरको हुने भएको छ ।

टियु क्रिकेट मैदानमा खेल दिउँसो १ :१५ मा सुरु हुनुपर्ने थियो । तर बुधबार परेको वर्षाको कारण खेल ढिलो हुन सुरु भएको थियो । अम्पायरको चौथो पटकको मैदान निरिक्षणपछि खेल गर्ने निर्णय लिएका हुन् ।

टस दिउँसो ३ स् १५ र खेल सुरु त्यसको १५ मिनेटपछि हुनेछ । यदि यस खेल वर्षाको कारण रद्ध भएमा भने एनआरएनए फाइनलमा पुग्नेछ । एनआरएनए नेपाल समूह बी को विजेता र पुलिस समूह बी को उपविजेताको रुपमा फाइनल खेलेका हुन् ।

बिहान पहिलो सेमिफाइनल खेल भने रद्द हुँदा आर्मी सेमिफाइनलमा पुगेको छ । आर्मी समूह ए को विजेता हुँदा फाइनलमा पुगेको हो । शुक्रबार तेस्रो र फाइनलको लागि प्रतिस्पर्धा हुनेछ ।

समूह बी बाट एनआरएनए नेपाल ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै पाँच अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । उपाधि दावेदार एपिएफ र बागमती प्रदेश एक खेल पनि खेल्न नपाई बाहिरिएपछि समूह बी बाट एनआरएनए र सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएका थिए ।

सुदूरपश्चिम ४ खेलमा १ मा जित, १ मा हार र २ खेल अंक बाँड्दै ४ अंकका सेमिफाइनलमा स्थान बनाएको थियो । तर समूह उपविजेताको कारण बाहिरियो ।

November 10, 2025

काठमान्डु गोर्खाज र केआईईसी बीच प्रायोजन सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]

November 10, 2025

पुबुदुले विराटनगर किङ्स सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग  (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]

November 9, 2025

क्रिकेटर विनोद ब्रेड बक्सको ब्रान्ड एम्बासडर

धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]

Success

Thank you for your time.