default_image

3 years ago

September 15, 2022

आरिफको आक्रामक ब्याटिङमा एनआरएनएलाई विशाल लक्ष्य

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर आरिफ शेखको आक्रामक ब्याटिङमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनलमा एनआरएनए स्पोर्ट्स एकेडेमीलाई १ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनायो । पुलिसका आरिफ शेखले १५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए ।

तीव्र गतिका बलर दीपक क्षेत्रीको पहिलो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेल कभरमा दिवास गिरीबाट १२ रनमा क्याच आउट भए । त्यसअघि कुशलले दुई छक्का हानेका थिए ।

दोस्रो ओभरको पहिलो बलमा ओपनर सुनिल धमलाले गिरीलाई उत्कृष्ट छक्का हाने । तर दोस्रो बलमा चोभारतर्फको लङअनमा ६ रनमा क्याच आउट भए ।

कप्तान सुनाम गौतमको बलमा दीपेन्द्र काउकर्नरमा २५ रनमा क्याच आउट भए । दीपेन्द्रले १२ बलमा २ चौका र १ छक्का हाने । करण केसी ७ बलमा २ छक्कासहित १८ रनमा आउट भए । गुलशन झा ७ रनमा अविजित रहे ।

एनआरएनएका दिवास गिरीले २ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । दीनेश खरेलले १ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । दीपक क्षेत्री र सुनाम गौतमले एक एक विकेट लिए । यस खेलको विजेताले फाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

November 14, 2025

जनकपुर बोल्ट्स र म्यानेजमेन्टबीच निरन्तर सहकार्य

हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]

November 14, 2025

काठमाडौं गोर्खाज र प्रभु महालक्ष्मीको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

Success

Thank you for your time.