default_image

3 years ago

September 16, 2022

दीपेन्द्रको पहिलो कप्तानीमै पुलिसलाई स्वर्ण

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पहिलो कप्तानीमै नेपाल पुलिस क्लबलाई स्वर्ण पदक जिताएका छन् ।

शुक्रबार पुलिसले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै पुलिसले पहिलो पटक स्वर्ण जित्न सफल भएको हो । पुलिसले राष्ट्रिय खेलकुदमा क्रिकेटतर्फ पहिलो स्वर्ण जितेको हो । दीपेन्द्रले पुलिसको पहिलो पटक यसै प्रतियोगिता मार्फत कप्तानी गरेका थिए ।

जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा कुशल भुर्तेलले १९ बलमा ३ चौका र ६ छक्कासहित ५१ रनको विष्फोटक इनिङ खेले । सुनिल धमलाले १७ बलमा २ चौका र ४ छक्कासहित ४२ रनमा अविजित रहे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनायो । आर्मीका विनोद भण्डारीले १४ बलमा ३ चौका र ४ छक्कासहित ४० रनमा आउट भए । रोहित पौडेलले १० बलमा ४ छक्कासहित २८ रनमा आउट भए ।

दीपेन्द्रले यसै प्रतियोगिता मार्फत पुलिसको कप्तानी सम्हाल्लेका हुन् । पहिलो खेलमा मञ्जित श्रेष्ठले कर्णाली प्रदेशविरुद्ध कप्तानी गरेपनि त्यसपछि दीपेन्द्रलाई सुम्पेका थिए । दीपेन्द्रले पहिलो कप्ताननै लुम्बिनी प्रदेशविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो ।

उक्त खेलमा ओपनर कुशल भुर्तेलले ३६ बलमा ७५ र आरिफ शेखले २२ बलमा ५० रन बनाएका हुन् । त्यसैखेलबाट पहिलो कप्तानी गरेका दीपेन्द्रले स्वर्ण पदक जिताएका हुन् । २०६७ सालदेखि पुलिसको कप्तानी सम्हाल्दै आएका मञ्जित श्रेष्ठले कप्तानी छाडेका हुन् । उनी राष्ट्रिय स्तरको प्रतियोगिता पनि खेल्ने छैनन् ।

‘अवदेखि दीपेन्द्रले नै नेपाल पुलिस क्लबको कप्तानी सम्हाल्छन् । किनभने नेपाली क्रिकेट टोलीको पनि उपकप्तान भई सकेका छन् । पुलिसले उसको अनुभव बटुलेरपछि पनि राम्रो गर्छ भनेर मञ्जितको स्थानमा दीपेन्द्रलाई कप्तान दिएको हो’, पुलिसका प्रशिक्षक मनोज कटवालले हाम्रो खेलकुदसँग भने ।

‘उसको खेलको गेम सेन्स, फिल्ड खेल सबै खेल्दा उत्कृष्ट दीपेन्द्रलाई मानेर कप्तान दिएका हौं । आरिफ शेखलाई उपकप्तानको जिम्मेवारी दिएका छौं । यी दुई जनाको तालमेलमा पुलिसले आज र आगमी दिनमा एकदमै धेरै राम्रो गर्ने देखिन्छ । मञ्जितले अव खेल्दैनन्’, कटवालले भने ।

दीपेन्द्रले यसअघि २०१९ मा धनगढी प्रिमियर लिगमा सिआईसी अत्तरियाको कप्तानी गर्दै च्याम्पियन बनाएका थिए । सन् २०१७ यू–१९ एसिया कपमा भारतलाई हराउन दीपेन्द्रले सानदार कप्तानी गरेका थिए ।

पारस खड्काले २०१९ मा कप्तानी छाडेपछि नेपालले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तान बनाएको थियो । ज्ञानेन्द्र र दीपेन्द्रलाई अनुशासनको कारण देखाउँदै नेपालले गतवर्ष कप्तान र उपकप्तानबाट हटाउँदै सन्दीपलाई कप्तानी दिएको थियो ।

‘पहिलो कप्तानीमा स्वर्ण जिताउदाको खुसी भन्न सकिदैन । एकदमै खुसी लागेको छ । पुलिसलाई स्वर्ण जिताउन पाएँ । छैटौं, सातौं र आठौंमा हामीले हार्यौ । पुलिसको लागि यो पहिलो स्वर्ण हो । धेरै खुसी छु’, दीपेन्द्रले भने ।

कुनैपनि टोलीको कप्तान परिवर्तनले खेल्ने शैलीपनि फेरिन्छ । दीपेन्द्रले पुलिसको कप्तानी गरेसँगै टोली अझनै आक्रामक बनाएका छन् । ‘त्यो ब्याटिङ अनुसार भरपर्छ । ८ ओभरको खेल भयो । आक्रामक हुनैपर्छ । अरुबेला पनि खुलेर खेल्ने हो भने हाम्रो टोलीले धेरै राम्रो गर्न सक्छ । राम्रो पनि गर्यो’, दीपेन्द्रले भने । दीपेन्द्रले उक्त लक्ष्य पूरा गर्नेमा आत्माविश्वासी रहेको बताए ।

विभागीयी टोली आएपछि नेपाल एपिएफ क्लबले राष्ट्रिय खेलकुदमा लगातार तीन स्वर्ण जितेको थियो । अवस्वर्ण जित्न विभागीय टोलीमा आर्मी मात्र बाँकी छ । एपिएफ भने यस पटक एक खेल पनि खेल्न नपाई बाहिरिएको थियो ।

यता दीपेन्द्रको प्रदर्शन भने अपेक्षा विपरित रह्यो । दीपेन्द्र लुम्बिनीसँग ३, आर्मीसँग २१, एनआरएनए स्पोर्ट्स एकेडेमीसँग २५ र आर्मीसँग फाइनलमा ४ रनमा आउट भएका थिए । ‘अव म अलिकति लयमा छैन । सबैले देखेको नै हो । तर विस्तारै आफूलाई ब्याक गरेर लयमा फर्किन्छु’, उनले भने ।

दीपेन्द्र सन् २०१६ को यू१९ विश्वकपपछि नेपाल पुलिस क्लबमा जोडिएका हुन् । सन् २०१७ मा केन्याविरुद्ध टियु क्रिकेट मैदानमा डेब्यू गरेका दीपेन्द्र त्यसपछि लगातार नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका छन् ।

यो पनि पढ्नुहोस् : नेपालका ‘३डी’ क्रिकेटर दीपेन्द्र

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.