3 years ago
September 18, 2022
एजेन्सी – ओपनर केभिन ओ ब्रायनको सानदार शतकमा गुजरात जायन्ट्सले लेजेन्ड्स लिग क्रिकेटको उद्धघाटन खेलमा इन्डिया क्यापिटल्समाथि तीन विकेटको विजयी हात पारेको छ ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरात जायन्ट्स ६१ बलमा १५ चौका र ३ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेले । कप्तान विरेन्द्र सहभाग ६, पार्थिव पटेल २४ र यशपाल सिंह २१ रनमा आउट भए ।
इन्डियन क्यापिटल्सका प्रविन ताम्बेले ३.४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । लियाम प्लेंकेटले दुई, अशले नर्स र मिचेल जोनसनले एक एक विकेट लिए ।
त्यसअघि कोलकातामा इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इन्डियन क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । इन्डियन क्यापिटल्सको लागि एशले नर्सले ४३ बलमा ८ चौका र ९ छक्कासहित सर्वाधिक १ सय ३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

नर्स खेलको प्लेयर अफ द म्याच चुनिए । दीनेश रामदिन २६ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । गुजरातका लागि थिसेरा परेरा, रायद इम्रित र केपी अप्पनाले दुई दुई विकेट लिए ।
प्रतियोगितामा गुजरात जायन्ट्स, इन्डियन क्यापिटल्स, मनिपाल टाइगर्स र भिलवारा किंग्स गरि चार टोली रहेका छन् । यस प्रतियोगिता नेपालका पूर्व कप्तान पारस खड्काले खेल्ने भनेपनि अन्तिम समयमा नखेल्ने जनाएका छन् ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]