3 years ago
September 18, 2022
एजेन्सी – तीव्र गतिका बलर उमेश यादव तीनवर्षपछि भारतको टि२० आई टोलीमा फर्किएका छन् । तीव्र गतिका बलर मोहम्मद शामीलाई कोरोना पोजेटिभ देखिएपछि घरेलु मैदानमा अष्ट्रेलियासँग हुने तीन टि२० आई खेलको लागि उमेश यादवलाई बोलाएको हो ।

उमेशले अन्तिम खेल २०१९ को फेब्रुअरीमा अष्ट्रेलियाविरुद्ध खेलेका थिए । भारत र अष्ट्रेलियाबीच तीन टि२० आई खेल २० सेप्टेम्बर २३ र २५ सेप्टेम्बरमा हुनेछ । गत सिजनको आइपिएलमा कोलकाता नाइट राइडर्सबाट उमेश यादवले १२ खेलमा १६ विकेट लिएका थिए ।
पावर प्लेमा उमेश यादवले राम्रो प्रदर्शन गरेका थिए । पछिल्लो समय उमेशले इंग्ल्यान्डमा घरेलु क्रिकेट खेल्दै आएका थिए । उमेशले भारतबाट ७ टि२० आई खेलमा ९ विकेट लिएका छन् । यता मोहम्मद शामी भने गतवर्ष टि२० विश्वकपपछि भारतको टि२० आई टोलीमा थिएनन् ।
अष्ट्रेलियाविरुद्ध खेल्ने भारतको टोली :
रोहित शर्मा (कप्तान), लोकेश राहुल (उप-कप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त (विकेटकिपर), दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल, दीपक चाहर, जस्प्रित बुमराह र उमेश यादव ।
November 14, 2025
हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]