default_image

3 years ago

September 20, 2022

हार्दिकको विष्फोटक ब्याटिङमा अष्ट्रेलियालाई विशाल लक्ष्य

261 views

0 Bookmark

एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याको विष्फोटक ब्याटिङमा भारतले पहिलो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय ९ रनको विशाल लक्ष्य दिएको छ । मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनायो ।

भारतका हार्दिक पान्ड्या ३० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे । हार्दिकले २५ बलमा अर्धशतक पूरा गरेका थिए । हार्दिकको यो टि२० आई करिअरको उच्च प्रदर्शन हो ।

अन्तिम ओभरको अन्तिम तीन बलमा हार्दिकलले क्यामरन ग्रिनलाई लगातार तीन छक्का हान्दै विशाल योगफलमा पुर्याए । ओपनर लोकेश राहुल ३५ बलमा ४ चौका र ३ छक्कासहित ५५ रनमा आउट भए । सुयूकुमार यादव २५ बलमा २ चौका र ४ छक्कासहित ४६ रनमा आउट भए । तेस्रो विकेटका लागि राहुल र सूर्यले ४२ बलमा ६८ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर जोश हेजलवुडको तेस्रो ओभरको चौथो बलमा डिप मिडविकेटमा रोहित शर्मा ११ रनमा नाथन एलिसबाट क्याच आउट भए । मध्य गतिका बलर नाथन एलिसको बलमा लङअनमाथि छक्का हान्न खोजेका विराट कोहली मिडअनमा क्यामरन ग्रिनलाई २ रनमा सहज क्याच दिए ।

जोश हेजलवुडको १२ औं ओभरको पाँचौं बलमा राहुल डिप स्क्पायर लेगमा क्याच आउट भए । एलिसको बलमा सूर्य एज लागेर विकेटकिपर म्याथ्यु वेडबाट क्याच भएका थिए । १९ औं ओभरको पहिलो बलमा एलिसले दीनेश कार्तिकलाई ६ रनमा एलबीडब्लू आउट भए । अक्षर पटेल ६ रनमा आउट भए । हर्षल पटेल ७ रनमा अविजित रहे ।

अष्ट्रेलियाका नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक तीन विकेट लिए । जोश हेजलवुडले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । क्यामरन ग्रिनले एक एक विकेट लिए ।

November 14, 2025

जनकपुर बोल्ट्स र म्यानेजमेन्टबीच निरन्तर सहकार्य

हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]

November 14, 2025

काठमाडौं गोर्खाज र प्रभु महालक्ष्मीको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

Success

Thank you for your time.