default_image

3 years ago

September 22, 2022

कप्तान अलीको विष्फोटक ब्याटिङमा पाकिस्तानलाई विशाल लक्ष्य

375 views

0 Bookmark

एजेन्सी – कप्तान मोईन अलीको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली पाकिस्तानलाई २ सय रनको विशाल लक्ष्य दिएको छ । नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनायो ।

इंग्ल्यान्डका कार्यवाहक कप्तान मोईन अली २३ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रनमा अविजित रहे । मोईन अलीले अन्तिम ओभरमा मोहम्मद हसनैनलाई लगातार दुई छक्का हानेका थिए ।

बायाँ हाते मध्यक्रमका ब्याटर बेन डकेटले २२ बलमा ७ चौकासहित ४३ रन जोडे । इंग्ल्यान्डलाई ओपनर एलेक्स हेल्स र फिलिप साल्टले पहिलो विकेटका लागि ५.१ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । तीव्र गतिका बलर शाहनवाज दाहनीले छैटौं ओभरमा लगातार दुई विकेट लिँदै पाकिस्तानलाई खेलमा फर्काएका थिए ।

पहिलो बलमा दाहनीले एलेक्स हेल्सलाई २६ रनमा बोल्ड गरे । उनले २१ बलमा ३ चौका र १ छक्का हाने । लगत्तै अर्को बलमा डेविड मलान गोल्डेन डक बोल्ड भए । उनी लेग साइडको बलमा बोल्ड भएका थिए । हरिस रौफले १२ औं ओभरको तेस्रो बलमा बोल्ड गरेका थिए ।


साल्टले २७ बलमा १ चौका र १ छक्कासहित ३० रन बनाए । आक्रामक ब्याटिङ गरेका डकेट स्पिनर मोहम्मद नवाजको बलमा बोल्ड भए । पाँचौं विकेटका लागि मोईन अली र ह्यारी ब्रुकले २७ बलमा ५९ रनको साझेदारी गरेका थिए ।

ब्रुक १९ बलमा १ चौका र ३ छक्कासहित ३१ रन बनाए । ब्रुक हरिस रौफको बलमा दीलस्कुप सट खेल्ने धुनमा मिस हुँदा बोल्ड भएका थिए । मोईन अलीले ब्यक्तिगत ३२ रनमा जीवनदान पाएका थिए । दाहनीको १८ औं ओभरको चौथो बलमा अलीको सट डिपमिडविकेटमा खुशदील शाहले सहज क्याच छाडेका थिए ।

साम करन ८ बलमा १ चौकासहित १० रनमा अविजित रहे । पाकिस्तानका शाहनवाज दाहनीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

७ टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ । पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । इंग्ल्यान्डका नियमित कप्तान जस बटलर भने चोटका कारण बेन्चमा छन् ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.