default_image

2 years ago

September 22, 2022

बाबरको शतकमा पाकिस्तानको विश्व कीर्तिमानी जित

एजेन्सी – कप्तान बाबर आजमको शतक र मोहम्मद रिजवानको सानदार ब्याटिङमा पाकिस्तानले दोस्रो टि२० आई खेलमा इंग्ल्यान्डमाथि कीर्तिमानी १० विकेटको जित हात पारेको छ । योसँगै ७ टि२० आई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि २ सय रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । […]

153 views

0 Bookmark

एजेन्सी – कप्तान बाबर आजमको शतक र मोहम्मद रिजवानको सानदार ब्याटिङमा पाकिस्तानले दोस्रो टि२० आई खेलमा इंग्ल्यान्डमाथि कीर्तिमानी १० विकेटको जित हात पारेको छ । योसँगै ७ टि२० आई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि २ सय रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजम ६६ बलमा ११ चौका र ५ छक्कासहित १ सय १० रनमा अविजित रहे । बाबरको यो टि२० आई करिअरको दोस्रो शतक हो । दुई वर्षअघि बाबरले दक्षिण अफ्रिकाविरुद्ध टि२० आईमा १ सय २२ रनको शतकीय इनिङ खेलेका थिए ।

मोहम्मद रिजवान ५१ बलमा ५ चौका र ४ छक्कासहित ८८ रनमा अविजित रहे । पाकिस्तानको यो टि२० आईमा दोसो १० विकेटको जित हो । यसअघि टि२० विश्वकपमा भारतलाई गतवर्ष १० विकेटले नै हराएको थियो ।

यो टि२० आई क्रिकेट इतिहासमा कुनै पनि विकेट नगुमाई पूरा गरेको यो सर्वाधिक ठूलो लक्ष्य हो । यसअघि १० विकेटको रुपमा सर्वाधिक ठूलो लक्ष्य न्युजिल्यान्डले २०१६ मा पाकिस्तानविरुद्ध १ सय ६९ रन पूरा गरेको थियो ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । इंग्ल्यान्डका कार्यवाहक कप्तान मोईन अली २३ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रनमा अविजित रहे ।

मोईन अलीले अन्तिम ओभरमा मोहम्मद हसनैनलाई लगातार दुई छक्का हानेका थिए । बायाँ हाते मध्यक्रमका ब्याटर बेन डकेटले २२ बलमा ७ चौकासहित ४३ रन जोडे । इंग्ल्यान्डलाई ओपनर एलेक्स हेल्स र फिलिप साल्टले पहिलो विकेटका लागि ५.१ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।

तीव्र गतिका बलर शाहनवाज दाहनीले छैटौं ओभरमा लगातार दुई विकेट लिँदै पाकिस्तानलाई खेलमा फर्काएका थिए । पहिलो बलमा दाहनीले एलेक्स हेल्सलाई २६ रनमा बोल्ड गरे । उनले २१ बलमा ३ चौका र १ छक्का हाने । लगत्तै अर्को बलमा डेविड मलान गोल्डेन डक बोल्ड भए । उनी लेग साइडको बलमा बोल्ड भएका थिए । हरिस रौफले १२ औं ओभरको तेस्रो बलमा बोल्ड गरेका थिए ।

साल्टले २७ बलमा १ चौका र १ छक्कासहित ३० रन बनाए । आक्रामक ब्याटिङ गरेका डकेट स्पिनर मोहम्मद नवाजको बलमा बोल्ड भए । पाँचौं विकेटका लागि मोईन अली र ह्यारी ब्रुकले २७ बलमा ५९ रनको साझेदारी गरेका थिए ।

ब्रुक १९ बलमा १ चौका र ३ छक्कासहित ३१ रन बनाए । ब्रुक हरिस रौफको बलमा दीलस्कुप सट खेल्ने धुनमा मिस हुँदा बोल्ड भएका थिए । मोईन अलीले ब्यक्तिगत ३२ रनमा जीवनदान पाएका थिए । दाहनीको १८ औं ओभरको चौथो बलमा अलीको सट डिपमिडविकेटमा खुशदील शाहले सहज क्याच छाडेका थिए ।

साम करन ८ बलमा १ चौकासहित १० रनमा अविजित रहे । पाकिस्तानका शाहनवाज दाहनीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

७ टि२० आई खेलको सिरिज अन्तर्गत तेस्रो खेल शुक्रबार हुनेछ । पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । इंग्ल्यान्डका नियमित कप्तान जस बटलर भने चोटका कारण बेन्चमा छन् ।

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

Success

Thank you for your time.