default_image

2 years ago

September 23, 2022

बंगलादेश ए सँग सिरिज खेल्न नेपालको प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेश ए सँग घरेलु मैदान टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज खेल्न प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दशैं लगत्तै घरेलु मैदानमा बंगलादेश ए सँग सिरिज खेल्ने तयारी अघि बढाएको हो । नेपाल टि२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले सिरिज […]

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेश ए सँग घरेलु मैदान टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज खेल्न प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दशैं लगत्तै घरेलु मैदानमा बंगलादेश ए सँग सिरिज खेल्ने तयारी अघि बढाएको हो ।

नेपाल टि२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले सिरिज गराउन प्रस्ताव गरेको हो । ‘हामीले उनीहरुसँग सिरिज खेल्न कुरा गरिरहेका छौं । पक्का भने भइसकेको छैन । दशैंपछि गर्ने कुरा भइरहेको छ । आउने नआउने पक्का भएको छैन । नेपालले प्रस्ताव भने राखेको छ’, क्यान स्रोतले हाम्रो खेलकुदसँग भन्यो ।

नेपालले तीन एकदिवसिय अभ्यास खेलको लागि प्रस्ताव गरेको छ । बंगलादेशको सिनियर टोली अर्को महिना अष्ट्रेलियामा हुने टि२० विश्वकपको तयारीमा छ । बंगलादेशले युएईसँग २५ र २७ सेप्टेम्बरमा दुई टि२० आई खेलको सिरिज खेल्दैछ । अक्टोबर पहिलो साता बंगलादेश, न्युजिल्यान्ड र पाकिस्तानबीच त्रिकोणात्मक टि२० आई खेलको सिरिज हुँदैछ । त्यसपछि विश्वकप खेल्नेछ ।

नेपालले बंगलादेशसँग २०१४ को टि२० विश्वकप खेलेको थियो । बंगलादेश यू-२३ सँग २०१९ को एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेको थियो ।

नेपालले घरेलु मैदानमा बोलाएर टेस्ट टोलीको ए सँग दोस्रो सिरिज खेल्नेछ । गत वैशाखमा नेपालले जिम्बावे ए सँग तीन टि२० र तीन एकदिवसिय सिरिज खेलेको थियो । तीन एकदिवसिय अभ्यास खेलको सिरिज नेपालले २–१ ले जितेको थियो । टि२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो । दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत अव नामिबियामा आगमी नोभेम्बरमा खेल्नेछ । उक्त सिरिज नोभेम्बर पहिलो साता गर्ने बताइएको छ । त्यो भ्रमणलाई यो तयारीको रुपमा हेरिएको छ । नेपाल टि२० लिग असोज ८ देखि कार्तिक ५ सम्म गर्ने भनेपनि सुरक्षा कारण देखाउँदै आगमी डिसेम्बर सम्मलाई स्थगित भएको छ ।

त्यसैको कारण नवौं क्रिकेट प्रतियोगिता अघि सारेपनि वर्षाको कारण २९ मध्य १८ खेल रद्द भएका थिए । क्यानले कार्तिक १२ देखि २६ सम्म टियु मैदानमा पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता आयोजना समेत गर्दैछ ।

आइसिसी विश्वकप लिग-२ मा नेपाल २० खेलमा ८ मा जित, ११ मा हार र एक खेलमा टाइका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्छ । त्यसको लागि नेपालले १४ भन्दा बढी खेल जित्नुपर्छ । शीर्ष पाँचमा पर्न नेपालले १० खेल भन्दा बढी जित्नुपर्ने देखिन्छ ।

नेपालले अव आइसिसी विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छ । नेपाल, नामियबा र स्कटल्यान्डबीच नामिबियामा गएर सिरिज हुनेछ । नेपाल, पपुवा न्युगिनी र युएईबीच पपुवा न्युगिनीमा सिरिज हुनेछ । त्यसपछि यी नै टोली नेपाल आउने छन् । घरेलु मैदानमा हुने ८ खेलले धेरै महत्व राख्नेछ ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

Success

Thank you for your time.