default_image

2 years ago

September 23, 2022

जिम्बावेलाई हराउँदै आयरल्यान्ड टि२० विश्वकपमा

एजेन्सी – आयरल्यान्ड महिला क्रिकेट टोलीले युएईमा जारी आइसिसी वुमन्स टि२० विश्वकप छनोटको पहिलो सेमिफाइनलमा जिम्बावेलाई ४ रनले हराउँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाएको छ । रोमान्चक जितका साथ फाइनलमा पुग्दै आयरल्यान्डले चौथो पटक महिला टि२० विश्वकपमा स्थान पक्का गरेको हो । जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले […]

234 views

0 Bookmark

एजेन्सी – आयरल्यान्ड महिला क्रिकेट टोलीले युएईमा जारी आइसिसी वुमन्स टि२० विश्वकप छनोटको पहिलो सेमिफाइनलमा जिम्बावेलाई ४ रनले हराउँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाएको छ । रोमान्चक जितका साथ फाइनलमा पुग्दै आयरल्यान्डले चौथो पटक महिला टि२० विश्वकपमा स्थान पक्का गरेको हो ।

जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । जिम्बावेकी ओपनर शार्न मेयर्सले ३६ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाइन् ।

कप्तान मेरी एन मुसोन्डाले २९ बलमा ३ चौकासहित ३१ र जोसेफिएन एनकोमोले १८ रन बनाइन् । जिम्बावेकी नोमवेलो सिबांडा र केलिस न्द्लोवसले दुई दुई विकेट लिइन् ।

जिम्बावेलाई अन्तिम ६ बलमा १५ रन चाहिँएको थियो । आयरल्यान्डकी कप्तान लौरा डेलानीले १० रन खर्चेर विश्वकपमा स्थान पक्का गरिन् । आयरल्यान्डकी जेन मागुइरे र अर्नेल केलीले दुई दुई विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । आयरल्यान्डकी ओर्ला प्रेंडरगास्टले २५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाइन् ।

ओपनर एमी हन्टर १९,जेमि लेविस ११, कप्तान लौरा डेलानी २२ र रेबेका स्टोकेलले २६ रन बनाई । दोस्रो सेमिफाइनलमा थाईल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । विजेता टोली विश्वकपमा पुग्नेछ । फाइनल खेल भने आइतबार हुनेछ ।

आयरल्यान्ड चौथो पटक महिला टि२० विश्वकपमा पुगेको हो । यसअघि आयरल्यान्डले २०१४, २०१६ र २०१८ को महिला टि२० विश्वकप खेलेको थियो ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.