default_image

2 years ago

September 23, 2022

रोहितको आक्रामक ब्याटिङमा भारत विजयी

एजेन्सी – कप्तान रोहित शर्माको आक्रामक ब्याटिङमा भारतले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका कप्तान रोहित शर्मा २० बलमा ४ […]

94 views

0 Bookmark

एजेन्सी – कप्तान रोहित शर्माको आक्रामक ब्याटिङमा भारतले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।

जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका कप्तान रोहित शर्मा २० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रनमा अविजित रहे । दीनेश कार्तिक २ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे ।

पहिलो ओभरमा जोश हेजलवुडलाई रोहित शर्माले दुई र लोकेश राहुलले एक छक्का प्रहार गरेपछि कुल २० रन जोडेको थियो । तस्रो ओभरको पाँचौं बलमा एडम जाम्पाले लोकेश राहुललाई १० रनमा बोल्ड गरे ।

विराट कोहलीलाई पनि एडम जाम्पाले पाँचौं ओभरको दोस्रो बलमा ११ रनमा बोल्ड गरे । कोहली अघि बढेर सट खेल्ने धुनमा मिस हुँदा बोल्ड भए । कोहलीले ६ बलमा २ चौका हाने । लगत्तै अर्को बलमा जाम्पाले सूर्यकुमार यादवलाई एलबीडब्लू आउट गर्दै गोल्डेन डक पेभेलिएन फर्काए ।

भारतलाई अन्तिम १२ बलमा २२ रन चाहिँएको थियो । हार्दिक पान्ड्या बलमा ९ बलमा १ चौकासहित ९ रनमा क्याच आउट भए । सातौं ओभरको पाँचौं बलमा हार्दिक टप एज लागेर आरोन फिन्चबाट क्याच भएका थिए ।

भारतलाई अन्तिम ६ बलमा ९ रन चाहिँएको थियो । दीनेक कार्तिकले पहिलो बलमै ड्यानियल साम्सलाई छक्का हान्दै सहज जित नजिक पुर्याए । दोस्रो बलमा कार्तिकले विजयी चौका हाने । अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले २ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्सले एक विकेट लिए ।

त्यसअघि नागपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ९० रन बनायो । वर्षा र आउटफिल्ड झिजेको हुँदा खेल ढिलोे सुरु हुँदा खेल ८-८ ओभरको भएको थियो ।

अष्ट्रेलियाका विकेटकिपर म्याथु वेड २० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रनमा अविजित रहे । कप्तान आरोन फिन्चले १५ बलमा ४ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।

दोस्रो ओभरको तेस्रो बलमा ओपनर क्यामरन ग्रीन पाँच रनमा रन आउट भए । पहिलो खेलमा ग्रीनले ६१ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । अक्षर पटेलले तीन बलपछि ग्लेन म्याक्सवेललाई शून्यमा बोल्ड गरे ।

चौथो ओभरको पहिलो बलमा टिम डेविडलाई अक्षर पटेलले बोल्ड गरे । पाँचौं ओभरको अन्तिम बलमा जस्प्रित बुमराहले फिन्चलाई बोल्ड गरेपछि अष्ट्रेलिया ४६–४ को अवस्थामा पुगेको थियो ।

स्टिभ स्मिथ ७ रनमा आउट भए । भारतका अक्षर पटेलले २ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले २ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । अन्तिम ओभरमा हर्षल पटेलले १९ रन खर्चिएका थिए ।

पहिलो खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार राजिव गान्धी स्टेडियम हैदराबादमा हुनेछ ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.