default_image

2 years ago

September 24, 2022

थाईल्यान्डलाई हराउँदै बंगलादेश विश्वकपमा

एजेन्सी – बंगलादेश महिला क्रिकेट टोलीले आइसिसी वुमन्स टि२० विश्वकप छनोटमा थाईल्यान्डलाई ११ रनले हराउँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपमा स्थान बनाएको छ । त्यस्तै पहिलो सेमिफाइनलमा जिम्बावेलाई ४ रनले हराउँदै आयरल्यान्डले पनि विश्वकपमा स्थान बनाएको थियो । जितको लागि १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट […]

119 views

0 Bookmark

एजेन्सी – बंगलादेश महिला क्रिकेट टोलीले आइसिसी वुमन्स टि२० विश्वकप छनोटमा थाईल्यान्डलाई ११ रनले हराउँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपमा स्थान बनाएको छ । त्यस्तै पहिलो सेमिफाइनलमा जिम्बावेलाई ४ रनले हराउँदै आयरल्यान्डले पनि विश्वकपमा स्थान बनाएको थियो ।


जितको लागि १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २ रन बनायो । थाईल्यान्डकी नाथकन चन्थमले ५१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रनमा आउट भइन् ।

हारका बाबजुद उत्कृष्ट ब्याटिङ गरेकी थाईल्यान्डकी चन्थम खेलको प्लेयर अफ द म्याच चुनिन् । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

बंगलादेशकी सल्मा खातुनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन् । सन्जिदा अख्तर मेघलाले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १३ रन बनाइन् ।

बंगलादेशकी रुमना अहमदले २४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाइन् । ओपनर मुर्सिदा खातुनले ३५ बलमा २ चौकासहित २६ रन बनाइन् । आइतबार फाइनलमा आयरल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

April 17, 2024

बटलरको शतकमा राजस्थानको कीर्तिमानी जित

एजेन्सी – जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) मा कीर्तिमानी जित हासिल गरेको छ । आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकत्ता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ । राजस्थानले कोलकत्ताले दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम।बलमा ८ विकेट गुमाएर भेटायो । त्यसअघि […]

April 16, 2024

लुम्बिनीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत आत गरेको   छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको‌ पहिलो दिन मंगलबार लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको १ सय ३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।लुम्बिनीका सुनिल भण्डारीले […]

April 16, 2024

कतारको जितसँगै नेपाल समूह विजेता हुने पक्का 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले दोस्रो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ ।  समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ […]

Success

Thank you for your time.