2 years ago
September 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मध्यगतिकी बलर कविता गौतमको कप्तानीमा मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको लागि टोली घोषणा गरेको छ । झण्डै डेढ वर्षपछि चोटका कारण टोलीमा पूनरागमन गर्दै कविताले मधेश प्रदेशको कप्तानी गर्ने भएकी छिन् । युवा अलराउन्डर पुष्पा फुयाँलले पहिलो पटक टोलीमा स्थान बनाएकी छिन् । युवा खेलाडी साना प्रविन, […]
काठमाडौं (हाम्रो खेलकुद) – मध्यगतिकी बलर कविता गौतमको कप्तानीमा मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको लागि टोली घोषणा गरेको छ । झण्डै डेढ वर्षपछि चोटका कारण टोलीमा पूनरागमन गर्दै कविताले मधेश प्रदेशको कप्तानी गर्ने भएकी छिन् ।
युवा अलराउन्डर पुष्पा फुयाँलले पहिलो पटक टोलीमा स्थान बनाएकी छिन् । युवा खेलाडी साना प्रविन, ओपनर अनुराधा चौधरी र सरस्वती चौधरी लगायतका खेलाडीलाई मधेशले टोली समेटेको छ ।
कविता २०२१ अप्रिलमा ललितपुर मेयर्स टि२० च्याम्पियनसिपमा ललितपुर-११ बाट टियु मैदानमा खेल्नेक्रममा सुदूरपश्चिमविरुद्ध कविताको खुट्टामा चोट लागेको थियो । त्यसपछि शल्यक्रिया गर्नु पर्नेपछि उनी मैदान बाहिर रहनु परेको थियो ।
नवौं खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म पोखरामा हुनेछ । क्रिकेट पोखरा मैदानमै हुनेछ । नवौंको केहिदिन अघिनै क्रिकेट सुरु गर्ने बुझिएको छ । पुरुषतर्फ भने टियु क्रिकेट मैदानमा सम्पन्न भएको छ ।
त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै नेपाल पुलिस क्लबले पहिलो पटक स्वर्ण पदक जितेको थियो । तर वर्षाको कारण कुल २९ मध्य १८ खेल भने रद्द भएका थिए ।
मधेश प्रदेशको टोली :
कविता गौतम (कप्तान), अनुराधा चौधरी, सबनम खातुन, गोमा आले, साना प्रविन, एलिशा यादव (विकेटकिपर), सरस्वती चौधरी, शान्ती चौधरी, प्रिंयाका गुप्ता, मधु रावत, सन्तोषी चौधरी, रोजी कडारी, मन्जु राम र पुष्पा फुँयाल ।
यो पनि :कविताको पुनरागमन प्रयास : श्रीमानको प्रशिक्षण, परिवारको साथ
April 17, 2024
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । दिल्लीले बुधबार गुजरात टाइटेन्सलाई ६ विकेटले हराएको छ । टस जितेर फिल्डिङ रोज्ने दिल्लीको निर्णय सहि साबित भएको थियो । ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर ९२ रन बनाएको थियो । दिल्लीका लागि […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आशुतोष गिरहियाको सानदार शतकमा बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हात पारेको छ । बागमतीले बुधबार गण्डकी प्रदेशलाई ६७ रनको सहज नतिजामा हराएको हो । गण्डकीको यो लगातार दोस्रो हार हो । माथिल्लो मुलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा मधेश प्रदेशले लगातार दोस्रो जित निकालेको छ । मयान यादव र अरनिको यादवले अर्धशतकीय पारी खेल्दा मधेशले बुधबार लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्यो । माथिल्लो मुलपानी क्रिकेटमा मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोज्यो । मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै […]