default_image

2 years ago

September 25, 2022

निर्णायक खेलमा भारतले टस जित्यो, पन्त बेन्चमा

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक टि२० आई खेलमा अष्ट्रेलियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । हैदराबादमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारतले आजको खेलमा विकेटकिपर ऋषभ पन्तलाई भने बेन्चमा राखेको छ । तीव्र गतिका बलर भुवनेश्वर कुमार टोलीमा फर्किएका छन् । अष्ट्रेलियाले एक परिवर्तन […]

133 views

0 Bookmark

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक टि२० आई खेलमा अष्ट्रेलियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । हैदराबादमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

भारतले आजको खेलमा विकेटकिपर ऋषभ पन्तलाई भने बेन्चमा राखेको छ । तीव्र गतिका बलर भुवनेश्वर कुमार टोलीमा फर्किएका छन् ।

अष्ट्रेलियाले एक परिवर्तन गरेको छ । शेन एबर्टको स्थानमा जोश इंग्लिस टोलीमा फर्किएका छन् । तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा छ । पहिलो खेलमा भारत ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।

हेड टु हेड :

भारत र अष्ट्रेलियाबीच टि२० आईमा कुल २५ खेल भएका छन् । भारत १४ खेलमा जित र १० खेलमा पराजित भएको छ ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), लोकेश राहुल, विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, दीनेश कार्तिक (विकेटकिपर), अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल, जस्प्रित बुमराह र युजभेन्द्र चहल ।

अष्ट्रेलियाको प्लेइङ ११ :

आरोन फिन्च (कप्तान), क्यामरन ग्रिन, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, जोश इंग्लिस, टिम डेविड, म्याथ्यु वेड, प्याट कमिन्स, ड्यानियल साम्स, एडम जाम्पा र जोश हेजलवुड ।

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

April 23, 2024

राजस्थानको जितमा यशस्वीको शतक

एजेन्सी – यशस्वी जैसवालको शानदार शतकसहित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटले हराएको छ । १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८.४ ओभरमा १ विकेटको क्षेतिमा १ सय ८३ रन जोड्दै जित हासिल गरेको हो । दमदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि […]

Success

Thank you for your time.