default_image

2 years ago

September 25, 2022

वाटसनको विष्फोटक ब्याटिङ

एजेन्सी – अष्ट्रेलियाका पूर्व अलराउन्डर शेन वाटसनले भारतमा जारी रोड सेफ्टी विश्व सिरिजमा वेस्टइन्डिज लेजेन्ड्सविरुद्ध विष्फोटक ब्याटिङ गर्दै ८ विकेटको सहज जित दिलाएका छन् । जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया लेजेन्ड्सले १५.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा कप्तान शेन वाटसनले ५० बलमा ५ चौका र ९ […]

108 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका पूर्व अलराउन्डर शेन वाटसनले भारतमा जारी रोड सेफ्टी विश्व सिरिजमा वेस्टइन्डिज लेजेन्ड्सविरुद्ध विष्फोटक ब्याटिङ गर्दै ८ विकेटको सहज जित दिलाएका छन् ।

जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया लेजेन्ड्सले १५.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा कप्तान शेन वाटसनले ५० बलमा ५ चौका र ९ छक्कासहित सर्वाधिक ८८ रनको विष्फोटक इनिङ खेले ।

एलेक्स डोलान्ड ३० बलमा २ चौका र ६ छक्कासहित ५६ रनमा आउट भए । बेन डुंक ९ बलमा १ चौका र २ छक्कासहित २१ र कोलुम फर्गुसन ११ रनमा अविजित रहे । डेभ मोहम्मद र ड्वेन स्मिथले एक एक विकेट लिए ।

त्यसअघि देहरादुनमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिज लेजेन्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनायो ।

वेस्टइन्डिजका ओपनर ड्वेन स्मिथले ३३ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रनमा आउट भए । कप्तान क्रिक एडवार्ड्स ३३ बलमा ३ चौका र २ छक्कासहित ४६ रनमा आउट भए ।

ब्राइस म्याकगेनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । डर्क नान्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।प्रतियोगितामा श्रीलंका, भारत, वेस्टइन्डिज, अष्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र बंगलादेशको लेजेन्ड्स टोलीको सहभागिता छ ।

श्रीलंका ४ खेलमा १४ अंकका साथ शीर्ष स्थानमा छ । भारत ४ खेलमा २ मा जितसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । बंगलादेश जित विहीन हुँदै पुछारमा छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.