default_image

2 years ago

September 25, 2022

ग्रीन र डेविडको विष्फोटक ब्याटिङमा भारतलाई बलियो लक्ष्य

एजेन्सी – युवा ओपनर क्यामरन ग्रीन र टिम डेविडको विष्फोटक ब्याटिङमा अष्ट्रेलियाले तेस्रो तथा निर्णायक टि२० आई खेलमा भारतलाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ । हैदराबादमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । अष्ट्रेलियाका क्यामरन ग्रीनले २१ बलमा ७ चौका र […]

99 views

0 Bookmark

एजेन्सी – युवा ओपनर क्यामरन ग्रीन र टिम डेविडको विष्फोटक ब्याटिङमा अष्ट्रेलियाले तेस्रो तथा निर्णायक टि२० आई खेलमा भारतलाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ । हैदराबादमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो ।

अष्ट्रेलियाका क्यामरन ग्रीनले २१ बलमा ७ चौका र ३ छक्कासहित ५२ रनको विष्फोटक इनिङ खेले । उनको यो टि२० आई करिअरको दोस्रो अर्धशतक हो । पहिलो खेलमा ग्रीनले भारतविरुद्ध ६१ रनको इनिङ खेलेका थिए ।

त्यस्तै टिम डेविडले २७ बलमा २ चौका र ४ छक्कासहित ५४ रनको आक्रामक इनिङ खेले । डेविडले २५ बलमा आफ्नो अष्ट्रेलियाका लागि पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हाने । उनले अन्तिम ओभरको पहिलो बलमा हर्षल पटेललाई छक्का हान्दै अर्धशतक पूरा गरेका थिए ।

ग्रीनले १९ बलमा आफ्नो ५० रन पूरा गरेका थिए । ग्रीन भारतविरुद्ध टि२० आईमा सर्वाधिक छिटो अर्धशतक हान्ने खेलाडी हुन् । सातौं विकेटका लागि टिम डेविड र ड्यानियल साम्सले ३४ बलमा ६८ रनको सानदार साझेदारी गर्दै पूनरागमन गराएका थिए । साम्स २० बलमा १ चौका र २ छक्कासहित २८ रनमा अविजित रहे ।


अष्ट्रेलियालाई युवा अलराउन्डर क्यामरन ग्रीनले सानदार सुरुवात दिलाएका थिए । तर त्यो सुरुवातलाई निरन्तरता दिन सकेन । तेस्रो ओभरमै भुनवेश्वर कुमारलाई ग्रीनले दुई छक्का र एक चौकासहित कुल १७ रन जोडेका थिए । चौथो ओभरको अन्तिम तीन बलमा अक्षर पटेललाई लगातार तीन चौका हानेका थिए ।

तर कप्तान आरोन फिन्च पटेलको चौथो ओभरको तेस्रो बलमा मिडअनमा हार्दिक पान्ड्याबाट ७ रनमा क्याच आउट भए । ग्रीनले पाँचौं ओभरको तेस्रो बलमा १९ बलमा आफ्नो ५० रन पूरा गरेका थिए । ग्रीन भारतविरुद्ध टि२० आईमा सर्वाधिक छिटो अर्धशतक हान्ने खेलाडी हुन् ।

यसअघि भारतविरुद्ध टि२० आईमा सर्वाधिक छिटो अर्धशतक वेस्टइन्डिजका जोनसन चाल्र्सले २०१६ मा २० बलमा हानेका थिए । पाँचौं ओभरको अन्तिम बलमा ग्रीन क्याच आउट भए । त्यो समय अष्ट्रेलिया ५ ओभरमा ६२-२ को अवस्थामा थियो ।


त्यसपछि बाँकी ४२ बलमा अष्ट्रेलियाले थप दुई विकेट गुमाउँदै ४१ रन बनाउँदै रनको गति घटाएको थियो । आठौं ओभरको चौथो बलमा ग्लेन म्याक्सवेल ११ बल खेल्दै ६ रनमा रन आउट भए । स्मिथ स्पिनर युजभेन्द्र चहलको बलमा स्टिभ स्मिथ ९ रनमा विकेटकिपर दीनेश कार्तिकबाट स्टम्पिङ आउट भए ।

१४ औं ओभरमा अक्षर पटेलले दुई महत्वपूर्ण विकेट लिँदै अष्ट्रेलियालाई समस्यामा पुर्याए । पहिलो बलमै जोश इंग्लिस रोहित शर्माबाट २४ रनमा क्याच भए । उनले २२ बलमा ३ चौका हाने । यसै ओभरको पाँचौं बलमा म्याथ्यु वेड एक रनमा कट एण्ड बोल्ड भएपछि अष्ट्रेलिया ११७–६ को अवस्थामा पुगेको थियो ।

त्यसपछि साम्स र डेविडले उत्कृष्ट पूनरागमन गराए । भारतका अक्षर पटेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । भुवनेश्वर कुमार, हर्षल पटेल र युजभेन्द्र चहलले एक एक विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया ४ विकेट र दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएका थिए । यो खेल जित्ने टोलीले सिरिज पनि जित्ने छन् ।

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

Success

Thank you for your time.