default_image

2 years ago

September 25, 2022

राम्रो सुरुवातको बाबजुद पाकिस्तान मध्यम योगफलमै समेटियो

एजेन्सी – ओपनर तथा विकेटकिपर मोहम्मद रिजवानको अर्धशतकमा पाकिस्तानले चौथो टि २० आईमा इंग्ल्यान्डलाई १ सय ६७ रनको मध्यम लक्ष्य दिएको छ । कराँचीमा रहेको नेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ६७ बलामा ९ चौका र १ छक्का […]

64 views

0 Bookmark

एजेन्सी – ओपनर तथा विकेटकिपर मोहम्मद रिजवानको अर्धशतकमा पाकिस्तानले चौथो टि २० आईमा इंग्ल्यान्डलाई १ सय ६७ रनको मध्यम लक्ष्य दिएको छ । कराँचीमा रहेको नेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनायो ।

पाकिस्तानका मोहम्मद रिजवानले ६७ बलामा ९ चौका र १ छक्का सहित सर्वाधिक ८८ रन बनाए । रिजवानलाई रिस टोप्लीले अन्तिम ओभरको दोस्रो बलमा एलेक्स हेल्सबाट क्याच गराए ।

पहिलो विकेटका लागि रिजवान र बाबर आजमले ११.५ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछि राम्रो प्रदर्शन गर्न नसक्दा मध्यम योगफलमै रोकिएको हो ।

बाबर २८ बलमा ३ चौका सहित ३६ रनमा आउट भए । बाबर लियाम दावसनको बलमा बेन डंकेटबाट क्याच गराए । तीव्र गतिका बलर डेविड विल्लीले शन मसुदलाई २१ रनमा एलबीडब्लू आउट गरे । उनले १९ बलमा १ चौका प्रहार गरे ।

रिस टोप्लीले खुशदील शाहलाई २ रनमा मोईन अलीबाट क्याच गराए । आसिफ अली ३ बलमा २ छक्कासहित १३ रनमा अविजित रहे ।

इंग्ल्यान्डका रिस टोप्लील ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । डेविड विल्ली र लियाम डावसनले एक एक विकेट लिए ।

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

Success

Thank you for your time.