default_image

1 year ago

September 25, 2022

कोहली र सूर्यको उत्कृष्ट ब्याटिङमा भारतलाई सिरिज

एजेन्सी – सूर्यकुमार यादव र विराट कोहलीको उत्कृष्ट ब्याटिङमा भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज जितेको छ । भारतले रोमान्चक जितका साथ तीन टि० आई खेलको सिरिज २(१ जितेको छ । जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । […]

53 views

0 Bookmark

एजेन्सी – सूर्यकुमार यादव र विराट कोहलीको उत्कृष्ट ब्याटिङमा भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज जितेको छ । भारतले रोमान्चक जितका साथ तीन टि० आई खेलको सिरिज २(१ जितेको छ ।


जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका सूर्यकुमार यादवले ३६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । ३०–२ को अवस्थामा पुगेको भारतलाई सूर्य र विराट कोहलीले ६२ बलमा १ सय ४ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

सूर्य तीव्र गतिका बलर जोश हेजलवुडको बलमा आरोन फिन्चबाट क्याच आउट भए । सूर्यले २९ बलमा अर्धशतक हानेका थिए । विराट कोहलीले ४८ बलमा ३ चौका र ४ छक्कासहित ६३ रनमा आउट भए । ओपनर लोकेश राहुल ड्यानियल साम्सको बलमा एक रनमा विकेटकिपर म्याथ्यु वेडबाट क्याच आउट भए । कप्तान रोहित शर्मा १४ बलमा २ चौका र १ छक्कासहित १७ रनमा आउट भए ।

भारतलाई अन्तिम ६ बलमा ११ रन चाहिँएको थियो । त्यसअघि १२ बलमा २१ रन चाहिँएको अवस्थामा जोश हेजलवुडले १० रन मात्र खर्चिए । अन्तिम ओभरको पहिलो बलमा कोहलीले ड्यानियल साम्सलाई छक्का हान्दै सहज जित नजिक पुर्याए । दोस्रो बलमा कोहली क्याच आउट हुन पुगे । तेस्रो बलमा दीनेश कार्तिकले एक रन बटुले ।

चौथो बलमा साम्सले डट राखेपछि दुई बलमा चार रन चाहिँएको थियो । पाँचौं बलमा एज लागेर हार्दिकले थर्डम्यानमा चौका हान्दै जित पक्का गराए । फस्ट स्लिपमा फिल्डरले मिस गर्दा बल चौका गएको थियो ।

हार्दिक १६ बलमा २ चौका र १ छक्कासहित २५ रनमा अविजित रहँदै खेल सकाए । अष्ट्रेलियाका ड्यानियल साम्सले ३.५ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड र प्याट कमिन्सले एक एक विकेट लिए ।

त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । अष्ट्रेलियाका ओपनर क्यामरन ग्रीनले २१ बलमा ७ चौका र ३ छक्कासहित ५२ रनको विष्फोटक इनिङ खेले ।

उनको यो टि२० आई करिअरको दोस्रो अर्धशतक हो । पहिलो खेलमा ग्रीनले भारतविरुद्ध ६१ रनको इनिङ खेलेका थिए । टिम डेविडले २७ बलमा २ चौका र ४ छक्कासहित ५४ रनको आक्रामक इनिङ खेले । डेविडले २५ बलमा अष्ट्रेलियाका लागि पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हाने ।

ग्रीनले १९ बलमा आफ्नो ५० रन पूरा गरेका थिए । ग्रीन भारतविरुद्ध टि२० आईमा सर्वाधिक छिटो अर्धशतक हान्ने खेलाडी हुन् । सातौं विकेटका लागि टिम डेविड र ड्यानियल साम्सले ३४ बलमा ६८ रनको सानदार साझेदारी गर्दै पूनरागमन गराएका थिए । साम्स २० बलमा १ चौका र २ छक्कासहित २८ रनमा अविजित रहे ।

अष्ट्रेलियालाई युवा अलराउन्डर क्यामरन ग्रीनले सानदार सुरुवात दिलाएका थिए । तर त्यो सुरुवातलाई निरन्तरता दिन सकेन । तेस्रो ओभरमै भुनवेश्वर कुमारलाई ग्रीनले दुई छक्का र एक चौकासहित कुल १७ रन जोडेका थिए । चौथो ओभरको अन्तिम तीन बलमा अक्षर पटेललाई लगातार तीन चौका हानेका थिए ।

तर कप्तान आरोन फिन्च पटेलको चौथो ओभरको तेस्रो बलमा मिडअनमा हार्दिक पान्ड्याबाट ७ रनमा क्याच आउट भए । ग्रीनले पाँचौं ओभरको तेस्रो बलमा १९ बलमा आफ्नो ५० रन पूरा गरेका थिए । ग्रीन भारतविरुद्ध टि२० आईमा सर्वाधिक छिटो अर्धशतक हान्ने खेलाडी हुन् ।

यसअघि भारतविरुद्ध टि२० आईमा सर्वाधिक छिटो अर्धशतक वेस्टइन्डिजका जोनसन चाल्र्सले २०१६ मा २० बलमा हानेका थिए । पाँचौं ओभरको अन्तिम बलमा ग्रीन क्याच आउट भए । त्यो समय अष्ट्रेलिया ५ ओभरमा ६२-२ को अवस्थामा थियो ।

त्यसपछि बाँकी ४२ बलमा अष्ट्रेलियाले थप दुई विकेट गुमाउँदै ४१ रन बनाउँदै रनको गति घटाएको थियो । आठौं ओभरको चौथो बलमा ग्लेन म्याक्सवेल ११ बल खेल्दै ६ रनमा रन आउट भए । स्मिथ स्पिनर युजभेन्द्र चहलको बलमा स्टिभ स्मिथ ९ रनमा विकेटकिपर दीनेश कार्तिकबाट स्टम्पिङ आउट भए ।

१४ औं ओभरमा अक्षर पटेलले दुई महत्वपूर्ण विकेट लिँदै अष्ट्रेलियालाई समस्यामा पुर्याए । पहिलो बलमै जोश इंग्लिस रोहित शर्माबाट २४ रनमा क्याच भए । उनले २२ बलमा ३ चौका हाने । यसै ओभरको पाँचौं बलमा म्याथ्यु वेड एक रनमा कट एण्ड बोल्ड भएपछि अष्ट्रेलिया ११७–६ को अवस्थामा पुगेको थियो ।

त्यसपछि साम्स र डेविडले उत्कृष्ट पूनरागमन गराए । भारतका अक्षर पटेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । भुवनेश्वर कुमार, हर्षल पटेल र युजभेन्द्र चहलले एक एक विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया ४ विकेट र दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएका थिए ।

March 18, 2024

कैलाली प्रिमियर लिग – शुक्लाफाँटाको जित

धनगढी (हाम्रो खेलकुद) – कैलाली प्रिमियर लिगमा शुक्लाफाँटा नगरपालिकाले विजयी सुरुवात गरेको छ । जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सोमबार फाप्ला मैदानमा सुरु भएको कैलाली प्रिमियर लिगमा शुक्लाफाँटाले पर्शुराम नगरपालिकालाई ३५ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको शुक्लाफाँटाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । टोलीका […]

March 15, 2024

जीतपुरसिमरा क्रिकेट कप सुरु हुँदै

सुनिल गाँउले, सिमरा प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता शनिबारदेखि हुँदैछ । जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित सेज क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जीतपुरसिमरा क्रिकेट क्लब र पर्सा क्रिकेट संघ भिड्दैछन् । राउण्ड रोबिनका आधारमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । चैत १० गतेसम्म चल्ने प्रतियोगिताका ६ टोलीलाई दुई समूहमा विभाजन […]

March 13, 2024

आइसीसीका प्रमुखले नेपाल भ्रमण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का प्रमुख ग्रेग बार्कले अर्को साता नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन बार्कलेको भ्रमण महत्त्वपूर्ण हुने बताएको छ । बार्कले १८ मार्चमा काठमाडौं आएर ४ दिन नेपाल भ्रमण गर्ने तालिका रहेको छ […]

Success

Thank you for your time.