default_image

2 years ago

September 25, 2022

‘जाहेरी र पक्राउ पूर्जीको समाचारले विछिप्त भएँ’- सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – अनेक अडकलबाजीका बीचमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानले आफूविरुद्ध जाहेरी र पक्राउ पूर्जी जारी भएको समाचारले मानसिक रुपमा विछिप्त भएको बताएका छन् । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई बलत्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसकै आधारमा अनुसन्धान भइरहेको पुलिसले जनाएको छ । त्यसको केहि दिनमा […]

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अनेक अडकलबाजीका बीचमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानले आफूविरुद्ध जाहेरी र पक्राउ पूर्जी जारी भएको समाचारले मानसिक रुपमा विछिप्त भएको बताएका छन् ।

भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई बलत्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसकै आधारमा अनुसन्धान भइरहेको पुलिसले जनाएको छ । त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

आफूविरुद्ध किटानी जाहेरी परेको जानकारी पाएपछि सन्दीपले सामाजिक सन्जालमार्फत आफू निर्देष रहेको र कानुनी लडाइ लड्ने जनाएका थिए । उनले केहि दिनमै स्वदेश फर्कने पनि जनाएका थिए । त्यसयता सन्दीप कहाँ छन् भन्ने विषयमा विभिन्न अड्कलबाजी गरिदै आएको छ । आइतबार राती सामाजिक सञ्जालमार्फत आफ्नो भावना सार्वजनिक गरेका छन् ।

उनले आफूविरुद्ध परेको उजुरीलाई झुट्टा भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले सत्य तथ्य नबुझी झुट्ट जाहेरी मात्रको आधारमा आफ्नो चरित्रमा गम्भिर आँच आउने जरी समाचार प्रकाशित भएको भन्दै गुनासो गरेका छन् ।घटनाक्रमले मानसिक असर गर्यो र आफू बिरामी अवस्थाबाट गुज्रिन परेको भन्दै सन्दीपले आफू आइसोलेसमा रहेको बताएका छन् । यद्दपी उनले आफू यति बेला कहाँ छन् भन्ने उल्लेख गरेका छैनन् ।

झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले आफू मानसिक र शारीरिक रुपमा प्रभावित गरेर असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउन प्रयासरत रहेको जनाउँदै सन्दीपले भनेका छन्, ‘मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

आफ्नो अनुपस्थितीमा अपराधि सावित गराउने झुट्टा जाहेरी प्रपञ्चहरुको आफूले कानूनी लडाँइ लड्ने भन्दै सन्दीपले अगाडि भनेका छन्, मैले बुझे सम्म नेपालको संविधानले कसूर प्रमाणित नभए सम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु ।’

राष्ट्रिय क्रिकेट टोलीका साथ उनी भदौ ६ गते केन्या गएका थिए । उनी त्यहिबाट व्यवासायिक क्रिकेट खेल्नका लागि वेस्ट इन्डिज पुगेका थिए ।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.