default_image

2 years ago

September 26, 2022

रौफ नायक बन्दा पाकिस्तानको रोमान्चक जित

एजेन्सी – तीव्र गतिका बलर हरिस रौफलको उत्कृष्ट बलिङमा घरेलु टोली पाकिस्तानले चौथो टि२० आई खेलमा इंग्ल्यान्डमाथि ३ रनको रोमान्चक जित हात पारेको छ । योसँगै ७ टि२० आई खेलको सिरिजमा २–२ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९.२ ओभरमा १ सय ६३ रनमा अल […]

86 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर हरिस रौफलको उत्कृष्ट बलिङमा घरेलु टोली पाकिस्तानले चौथो टि२० आई खेलमा इंग्ल्यान्डमाथि ३ रनको रोमान्चक जित हात पारेको छ । योसँगै ७ टि२० आई खेलको सिरिजमा २–२ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९.२ ओभरमा १ सय ६३ रनमा अल आउट भयो । इंग्ल्यान्डका लियाम डावसन र ह्यारी ब्रुकले सर्वाधिक ३४–३४ रन बनाए ।

इंग्ल्यान्डलाई १८ बलमा ३३ रन चाहिँएको थियो । डावसनले १८ औं ओभरमा मोहम्मद हसनैनले एक छक्का र चार चौकासहित कुल २४ रन जोडेपछि बाँकी १२ बलमा ९ रन चाहिँएको थियो ।

तर हरिस रौफ पाकिस्तानको नायक बने । पहिलो बलमा डावसनलाई डट र दोस्रो बलमा चौका खर्चिए । १० बलमा जितको लागि ५ रन चाहिँएको थियो । हातमा तीन विकेट थियो । रौफले तेस्रो बलमा डावसनलाई मिडविकेटमा वैकल्पिक फिल्डर मोहम्मद हरिसबाट क्याच गराए । उनले १७ बलमा ५ चौका र १ छक्का हाने ।

लगत्तै अर्को बलमा ओली स्टोनलाई बोल्ड गरे । पाँचौं बलमा एक र अन्तिम बलमा डट राखे । पाँचौं बलमा उनले प्रतिघण्टा १ सय ५५ किलोमिटरको गतिमा बलिङ गरेका थिए । अन्तिम ६ बलमा ४ रन चाहिँएको थियो । रिस टोप्लीलाई मोहम्मद वासिम जुनियरले डट र दोस्रो बलमा रन आउट गराउँदै रोमान्चक जित दिलाए ।


युवा ब्याटर ब्रुकले २६ बलमा २ चौका र १ छक्का हाने । मोहम्मद हसनैन र मोहम्मद नवाजले शीर्षक्रम कमजोर बनाएका थिए । एलेक्स हेल्स ८, पिलिप साल्ट ५, विल ज्याक्स डक, बेन डकेट ३३, मोईन अली २९ र डेविड विल्ली ११ रनमा आउट भए ।

बेन डकेटले २४ बलमा ५ चौका, मोईन अलीले २० बलमा ३ चौका र १ छक्का हाने । पाकिस्तानका हरिस रौफले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नवाजले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हसनैनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि कराँचीमा रहेको नेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रनको योगफल बनाएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवानले ६७ बलामा ९ चौका र १ छक्का सहित सर्वाधिक ८८ रन बनाए । रिजवानलाई रिस टोप्लीले अन्तिम ओभरको दोस्रो बलमा एलेक्स हेल्सबाट क्याच गराए ।

पहिलो विकेटका लागि रिजवान र बाबर आजमले ११.५ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछि राम्रो प्रदर्शन गर्न नसक्दा मध्यम योगफलमै रोकिएको हो ।

बाबर २८ बलमा ३ चौका सहित ३६ रनमा आउट भए । बाबर लियाम दावसनको बलमा बेन डंकेटबाट क्याच गराए । तीव्र गतिका बलर डेविड विल्लीले शन मसुदलाई २१ रनमा एलबीडब्लू आउट गरे । उनले १९ बलमा १ चौका प्रहार गरे ।

रिस टोप्लीले खुशदील शाहलाई २ रनमा मोईन अलीबाट क्याच गराए । आसिफ अली ३ बलमा २ छक्कासहित १३ रनमा अविजित रहे । इंग्ल्यान्डका रिस टोप्लील ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।

डेविड विल्ली र लियाम डावसनले एक एक विकेट लिए । सात टि२० आई खेलको सिरिज २-२ को बराबरी अवस्थामा छ । अवका खेल लाहोरमा हुनेछन् । पाँचौं खेल बुधबार, छैटौं शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.