default_image

2 years ago

September 26, 2022

बुमराहको टि२० करिअरकै खराब प्रदर्शन

एजेन्सी – भारतीय तीव्र गतिका डेथ ओभर स्पेलिष्ट बलर जस्प्रित बुमराहले आफ्नो टि२० आई करिअरकै खराब प्रदर्शन गरेका छन् । बुमराहले अष्ट्रेलियासँगको तेस्रो खेलमा ५० रन खचिदै विकेट विहीन बने । उनले टि२० आई करिअरमा पहिलो पटक ५० रन खर्चिएका हुन् । कुल २४ बलमा बुमराहले तीन चौका र तीन छक्का खर्चेका थिए । पाँच […]

110 views

0 Bookmark

एजेन्सी – भारतीय तीव्र गतिका डेथ ओभर स्पेलिष्ट बलर जस्प्रित बुमराहले आफ्नो टि२० आई करिअरकै खराब प्रदर्शन गरेका छन् । बुमराहले अष्ट्रेलियासँगको तेस्रो खेलमा ५० रन खचिदै विकेट विहीन बने ।

उनले टि२० आई करिअरमा पहिलो पटक ५० रन खर्चिएका हुन् । कुल २४ बलमा बुमराहले तीन चौका र तीन छक्का खर्चेका थिए । पाँच बल डट राखेका थिए ।

बुमराहले यस अघि टि२० आईमा २०१६ मा वेस्टइन्डिजविरुद्ध ४७ रन खर्चेका थिए । त्यस्तै न्युजिल्यान्डविरुद्ध २०२० मा ४५ रन र २०१६ मा अष्ट्रेलियाविरुद्ध ४३ रन खर्चेका थिए । बुमराह चोटका कारण अष्ट्रेलियासँगको दोस्रो टि२० आई खेलबाट पूनरागमन गरेका हुन् ।

बुमराहको चार ओभर

बुमराहलाई तेस्रो ओभरमा क्यामरन ग्रीनले दुई छक्का र एक चौका हान्दै दबाबमा राखेका थिए । ११ औं ओभरमा एक चौकासहित ९ रन खर्चिए । १७ औं ओभरमा बुमराहले ६ रन मात्र खर्चिए । १९ औं ओभरमा बुमराहलाई ड्यानियल साम्सले एक चौका र एक छक्कासहित कुल १८ रन खर्चेका थिए ।

भारतले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै तीन टि० आई खेलको सिरिज २-१ जितेको छ । जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका सूर्यकुमार यादवले ३६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । विराट कोहलीले ४८ बलमा ३ चौका र ४ छक्कासहित ६३ रनमा आउट भए । अष्ट्रेलियाका ड्यानियल साम्सले ३.५ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । अष्ट्रेलियाका ओपनर क्यामरन ग्रीनले २१ बलमा ७ चौका र ३ छक्कासहित ५२ रनको विष्फोटक इनिङ खेले ।

टिम डेविडले २७ बलमा २ चौका र ४ छक्कासहित ५४ रनको आक्रामक इनिङ खेले । डेविडले २५ बलमा अष्ट्रेलियाका लागि पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हाने । ग्रीनले १९ बलमा आफ्नो ५० रन पूरा गरेका थिए । भारतका अक्षर पटेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए ।

भारतले अव दक्षिण अफ्रिकासँग घरेलु मैदानमा तीन टि२० आई र तीन एकदिवसिय खेलको सिरिज खेल्नेछ । पहिलो टि२० आई खेल बुधबार, दोस्रो आइबार र तेस्रो खेल मंगलबार हुनेछ ।

रौफ नायक बन्दा पाकिस्तानको रोमान्चक जित

कोहली र सूर्यको उत्कृष्ट ब्याटिङमा भारतलाई सिरिज

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

Success

Thank you for your time.