default_image

2 years ago

September 26, 2022

पाकिस्तान दुई सय टि२० आई खेल खेल्ने पहिलो टोली

एजेन्सी – पाकिस्तान २ सय टि२० आई खेल खेल्ने पहिलो अन्तर्राष्ट्रिय टोली बनेको छ । आइतबार राती सात टि२० आई खेलको सिरिज अन्तर्गत चौथो टि२० आई खेल इंग्ल्यान्डविरुद्ध खेल्दै पाकिस्तान दुई सय टि२० आई खेल खेल्ने पहिलो टोली बनेको हो । २००६ देखि टि२० आई खेल खेलेको पाकिस्तानले २ सय खेलमा १ सय २२ मा […]

81 views

0 Bookmark

एजेन्सी – पाकिस्तान २ सय टि२० आई खेल खेल्ने पहिलो अन्तर्राष्ट्रिय टोली बनेको छ । आइतबार राती सात टि२० आई खेलको सिरिज अन्तर्गत चौथो टि२० आई खेल इंग्ल्यान्डविरुद्ध खेल्दै पाकिस्तान दुई सय टि२० आई खेल खेल्ने पहिलो टोली बनेको हो ।

२००६ देखि टि२० आई खेल खेलेको पाकिस्तानले २ सय खेलमा १ सय २२ मा जित, ७० मा हार, पाँच खेल नजिता विहीन र तीन खेल टाई भएका थिए । पाकिस्तानले २००६ मा पहिलो टि२० आई खेल इंग्ल्यान्डविरुद्ध नै डेब्यू गरेको थियो । इन्जमाम उल हकको कप्तानीमा टि२० आईमा डेब्यू गरेको पाकिस्तानले बाबर आजमको कप्तानीमा २ सय खेल पूरा गरेको हो ।

यो अवधिमा पाकिस्तानले सन् २००९ को टि२० विश्वकप उपाधि जितेको थियो । पाकिस्तानपछि सर्वाधिक धेरै खेल भारतले १ सय ८२ टि२० आई खेल खेलेको छ ।

अफगानिस्तानले १ सय ४, अष्ट्रेलियाले १ सय ६५, बंगलादेशले १ सय ३४, इंग्ल्यान्ड १ सय ५८, आयरल्यान्ड १ सय ३४, न्युजिल्यान्ड १ सय ७०, दक्षिण अफ्रिका १ सय ५७, श्रीलंका १ सय ६५, वेस्टइन्डिज १ सय ८१ र जिम्बावेले १ सय १२ खेल खेलेका छन् ।

यता नेपालले भने २०१४ को टि२० विश्वकपबाट डेब्यू गरेको थियो । नेपालले हालसम्म ५७ टि२० आई खेल खेल्दा ३३ मा जित र २३ मा हार बेहोरेको छ । आफ्नो २ सय औं खेल पाकिस्तानले रोमान्चक तीन रनको जितका साथ मनाएको छ ।

७ टि२० आई खेलको सिरिजमा २–२ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९.२ ओभरमा १ सय ६३ रनमा अल आउट भयो । इंग्ल्यान्डका लियाम डावसन र ह्यारी ब्रुकले सर्वाधिक ३४–३४ रन बनाए ।

इंग्ल्यान्डलाई १८ बलमा ३३ रन चाहिँएको थियो । डावसनले १८ औं ओभरमा मोहम्मद हसनैनले एक छक्का र चार चौकासहित कुल २४ रन जोडेपछि बाँकी १२ बलमा ९ रन चाहिँएको थियो ।

तर हरिस रौफ पाकिस्तानको नायक बने । पहिलो बलमा डावसनलाई डट र दोस्रो बलमा चौका खर्चिए । १० बलमा जितको लागि ५ रन चाहिँएको थियो । हातमा तीन विकेट थियो । रौफले तेस्रो बलमा डावसनलाई मिडविकेटमा वैकल्पिक फिल्डर मोहम्मद हरिसबाट क्याच गराए । उनले १७ बलमा ५ चौका र १ छक्का हाने ।

लगत्तै अर्को बलमा ओली स्टोनलाई बोल्ड गरे । पाँचौं बलमा एक र अन्तिम बलमा डट राखे । पाँचौं बलमा उनले प्रतिघण्टा १ सय ५५ किलोमिटरको गतिमा बलिङ गरेका थिए । अन्तिम ६ बलमा ४ रन चाहिँएको थियो । रिस टोप्लीलाई मोहम्मद वासिम जुनियरले डट र दोस्रो बलमा रन आउट गराउँदै रोमान्चक जित दिलाए ।

पाकिस्तानका हरिस रौफले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नवाजले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हसनैनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि कराँचीमा रहेको नेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रनको योगफल बनाएको थियो । पाकिस्तानका मोहम्मद रिजवानले ६७ बलामा ९ चौका र १ छक्का सहित सर्वाधिक ८८ रन बनाए ।

पहिलो विकेटका लागि रिजवान र बाबर आजमले ११.५ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछि राम्रो प्रदर्शन गर्न नसक्दा मध्यम योगफलमै रोकिएको हो ।

बाबर २८ बलमा ३ चौका सहित ३६ रनमा आउट भए । इंग्ल्यान्डका रिस टोप्लील ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।अवका खेल लाहोरमा हुनेछन् । पाँचौं खेल बुधबार, छैटौं शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

Success

Thank you for your time.