default_image

2 years ago

September 28, 2022

वार्नरसहित चार स्टार अष्ट्रेलिया टोलीमा फर्किए

एजेन्सी – ओपनर डेविड वार्नरसहित प्रमुख चार स्टार खेलाडी अष्ट्रेलिया टोलीमा फर्किएका छन् । वेस्टइन्डिजसँग घरेलु मैदानमा हुने दुई टि२० आई खेलको लागि वार्नर, मिचेल मार्श, अलराउन्डर मार्कस स्टोइनिस र तीव्र गतिका बलर मिचेल स्टार्क टोलीमा फर्किएका हुन् । गतवर्ष अष्ट्रेलिया टि२० विश्वकप जिताउन सानदार प्रदर्शन गरेका प्रमुख चार खेलाडी फर्किएका हुन् । यी चार […]

123 views

0 Bookmark

एजेन्सी – ओपनर डेविड वार्नरसहित प्रमुख चार स्टार खेलाडी अष्ट्रेलिया टोलीमा फर्किएका छन् । वेस्टइन्डिजसँग घरेलु मैदानमा हुने दुई टि२० आई खेलको लागि वार्नर, मिचेल मार्श, अलराउन्डर मार्कस स्टोइनिस र तीव्र गतिका बलर मिचेल स्टार्क टोलीमा फर्किएका हुन् ।

गतवर्ष अष्ट्रेलिया टि२० विश्वकप जिताउन सानदार प्रदर्शन गरेका प्रमुख चार खेलाडी फर्किएका हुन् । यी चार खेलाडी भारतसँगको तीन टि२० आई खेलमा थिएनन् । अष्ट्रेलियाले डेविड वार्नरलाई तीन सातापछि घरेलु मैदानमा हुने टि२० विश्वकप अघि विश्राम दिएको थियो । उनको स्थानमा अलराउन्डर क्यामरन ग्रीनलाई मौका दिएको थियो ।

पहिलो खेलमा भारतलाई ४ विकेटले हराउन ग्रीनले ६१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । तेस्रो खेलमा ग्रीनलेनै १९ बलमा अर्धशतक हानेका थिए । अष्ट्रेलियाले ग्रीनलाई टि२० विश्वकप टोलीमा राखेको छैन । तर टोली फेरबदल गर्न मिल्ने हुँदा उनी पर्ने अनुमान गरिएको छ । मार्श, स्टोइनिस र स्टार्क भने चोटका कारण भारत भ्रमणमा थिएनन् ।

तीव्र गतिका बलर केन रिचर्ड्सन र एश्टन अगर भने वेस्टइन्डिज भ्रमणमा छैनन् । टिम डेविड, ग्लेन म्याक्सवेल, म्याथ्यु वेड, ग्रीन, वार्नर, स्टोइनिस जस्ता हिटर हुँदा अष्ट्रेलियाको टोली निकै मजबुत बनेको छ । वेस्टइन्डिज र अष्ट्रेलियाबीच दुई टि२० आई खेल आगमी अक्टोबर ५ मा मिट्रक स्टेडियम र ७ अक्टोबरमा द गाब्बा ब्रिसबेनमा हुनेछ ।

अष्ट्रेलिया टोली :

आरोन फिन्च (कप्तान), शेन एबोट, प्याट कमिन्स, टिम डेविड, क्यामरन ग्रीन, जोश हेजलवुड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, ड्यानिल साम्स, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.