default_image

2 years ago

September 30, 2022

बुमराहले विश्वकप गुमाउने सम्भावना

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले तीन सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकप गुमाउने सम्भावना रहेको छ । चोटका कारण पुन : मैदान फर्किएका बुमराह गम्भीर किसिमको ब्याक इन्जुरीको कारण टि२० विश्वकप गुमाउन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बुमराह ४ देखि ६ महिना मैदान बाहिर रहन सक्ने […]

161 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले तीन सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकप गुमाउने सम्भावना रहेको छ ।

चोटका कारण पुन : मैदान फर्किएका बुमराह गम्भीर किसिमको ब्याक इन्जुरीको कारण टि२० विश्वकप गुमाउन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बुमराह ४ देखि ६ महिना मैदान बाहिर रहन सक्ने बताइएको छ । उनको बारे भारतले केहि दिनमा औपचारिक निर्णय गर्नेछन् ।

बुमराहले अघिल्लो साता अष्ट्रेलियाविरुद्ध दोस्रो टि२० आई खेलबाट पूनरागमन गरेका थिए । तेस्रो खेलमा भने बुमराहले ४ ओभरमा ५० रन खर्चेका थिए । जुन बुमराहले टि२० आई करिअरमा गरेको सबैभन्दा खराब प्रदर्शन थियो ।

भारतका प्रमुख डेथ ओभर र योर्कर स्पेलिष्ट बुमराह नहुँदा बलिङ आक्रामण कमजोर हुने देखिन्छ । टि२० एसिया कपमा बुमराह नहुँदाको असर परेको थियो । २०१६ मा भारतका लागि डेब्यू गरेका बुमराह पछिल्लो एक वर्षभने चोटबाट संघर्ष गरि रहेका छन् ।


बुमराह गत मंगलबार अभ्यासको क्रममा ब्याक इन्जुरी भएको हो । टि२० विश्वकपमा भारतको मोहम्मद शामी र दीपक चाहर छन् । शामी कोरोनाको कारण अष्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध सिरिज खेलेका थिएनन् । चाहरले दक्षिण अफ्रिकाविरुद्ध पहिलो खेलमा दुई विकेट लिएका थिए । बुमराह नहुँदा चाहरले स्थान लिनसक्ने सम्भावना देखिन्छ ।

चोटका कारण भारतका प्रमुख अलराउन्डर रविन्द्र जडेजाले भने टि२० विश्वकप गुमाई सकेका छन् । भारतले सन् २००७ को पहिलो संस्करणको टि२० विश्वकप उपाधि जितेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा त्यो समय विश्वकप जित्दाका सदस्य रोहित शर्मा र दीनेश कार्तिक अहिले पनि टोलीमा छन् ।

त्यसपछि भारतले २०१४ को टि२० विश्वकपमा विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा भने श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । २०१६ को टि२० विश्वकपमा घरेलु टोली भारत सेमिफाइनलमा वेस्टइन्डिजसँग पराजित हुँदै बाहिरिएको थियो ।

सिरिजमा सानदार प्रदर्शन गर्दै आएपनि ठूला प्रतियोगितामा भारत लगतार चुक्दै आएको छ । टि२० विश्वकप आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ । पहिलो चरणबाट सुपर १२ मा समूहका शीर्ष दुई दुई टोली पुग्नेछन् ।

भारतको विश्वकप खेल्ने टोली :

रोहित शर्मा (कप्तान), लोकेश राहुल(उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, जस्प्रित बुमराह, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह ।

वैकल्पिक : मोहम्मद शामी, श्रेयस ऐर, रवि विश्रोई र दीपक चाहर ।

पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र युएई, नेदरल्यान्ड्स

समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

Success

Thank you for your time.