default_image

2 years ago

September 30, 2022

‘म कहिल्यै पनि मेरा छोराछोरीलाई क्रिकेटर बन्न दिन्न’ – मुस्तफा

एजेन्सी – युएईका सर्वाधिक सफल खेलाडी तथा पूर्व कप्तान रोहन मुस्तफाले आफ्नो छोराछोरीलाई क्रिकेटर बन्न नदिने बताएका छन् । तीन सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकपमा युएईको टोलीमा नपरेपछि मुस्तफाले आफू जस्तै मन टुटेको देख्न नसक्ने हुँदा छोराछोरीलाई क्रिकेटमा जे भएपनि कहिल्यै पनि क्रिकेटर लाग्न नदिने बताएका छन् । ‘जे सुकै होस्, म कहिल्यै पनि मेरा […]

80 views

0 Bookmark

एजेन्सी – युएईका सर्वाधिक सफल खेलाडी तथा पूर्व कप्तान रोहन मुस्तफाले आफ्नो छोराछोरीलाई क्रिकेटर बन्न नदिने बताएका छन् । तीन सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकपमा युएईको टोलीमा नपरेपछि मुस्तफाले आफू जस्तै मन टुटेको देख्न नसक्ने हुँदा छोराछोरीलाई क्रिकेटमा जे भएपनि कहिल्यै पनि क्रिकेटर लाग्न नदिने बताएका छन् ।

‘जे सुकै होस्, म कहिल्यै पनि मेरा छोराछोरीलाई क्रिकेटर बन्न दिन्न । किनभने म उनीहरु म जस्तै मन टुटेको देख्न सक्दिन’, मुस्तफाले भावुक हुँदै सामाजिक सञ्जालमा लेखेका छन् ।

मुस्तफा युएईबाट सर्वाधिक टि२० आई र आडिआई खेल खेल्ने खेलाडी हुन् । मुस्तफा युएईबाट ५५ टि२० आई खेलमा ६१ विकेटका साथ सिर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष स्थानमा छन् । अन्य बलरले ५० पनि पुर्याउन सकेका छैनन् । मुस्तफा युएईबाट टि२० आईमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।

उनले ४ अर्धशतकसहित कुल ९ सय ८४ रनका साथ शीर्ष स्थानमा छन् । ५४ ओडिआई खेलमा मुस्तफा ५६ विकेटका साथ सर्वाधिक विकेट लिने सूचिमा तेस्रो स्थानमा छन् । ओडिआईमा मुस्तफाले १ शतक र ५ अर्धशतकसहित कुल १ हजार १ सय ७ रनका साथ दोस्रो स्थानमा छन् । तर मुस्तफानै टोलीमा छैनन् ।

युएईले वेस्टइन्डिजसँग १० अक्टोबर र १३ अक्टोबरमा स्कटल्यान्डसँग खेल्नेछ । यूएई विश्वकपमा पहिलो चरणको समूह ए मा छ । समूह ए मा श्रीलंका, युएई, नामिबिया र नेदरल्यान्ड्स छन् । शीर्ष दुईमा रहन सके युएई सुपर १२ मा स्थान बनाउनेछ । युएईले विश्वकपमा पहिलो खेल १६ अक्टोबरमा नेदरल्यान्ड्ससँग खेल्नेछ । १८ अक्टोबरमा श्रीलंका र २० अक्टोबरमा नेदरल्यान्ड्सँग खेल्नेछ ।

युएईको विश्वपक टोली :

सिपी रिजवान (कप्तान), वृत्त अरविन्द (उप(कप्तान विकेटकिपर), चिराग सुरी, मोहम्मद वासिम, बासिल हामिद, अर्यान लर्कान, जवार फरिद, काशिफ दाउद, कार्तिक मियाप्पन, अहमद राजा, जहुरु खान, जुनैद सिद्दिक, सबिर अली, अलिशान शरिफुल र अयान खान ।

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

Success

Thank you for your time.