default_image

2 years ago

October 1, 2022

टिकाको भोली पल्ट स्वदेश फर्केर सन्दीपले आत्मसमर्पण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नाबालिग बलत्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को साता स्वदेश फर्कर आत्मसमर्पण गर्ने जनाएका छन् । सन्दीपले शनिबार सामाजिक सञ्जालमा दशैको टिकाको भोली पल्ट असोज २० गते स्वदेश फर्कने जानकारी दिएका छन्। आफू निर्दोष रहेको दाबी गर्दै आएका सन्दीपले कानुनी लडाई लड्ने दोहोराएका छन् । उनले भनेका […]

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नाबालिग बलत्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को साता स्वदेश फर्कर आत्मसमर्पण गर्ने जनाएका छन् ।


सन्दीपले शनिबार सामाजिक सञ्जालमा दशैको टिकाको भोली पल्ट असोज २० गते स्वदेश फर्कने जानकारी दिएका छन्। आफू निर्दोष रहेको दाबी गर्दै आएका सन्दीपले कानुनी लडाई लड्ने दोहोराएका छन् । उनले भनेका छन्, ‘नेपालको आधिकारिक निकायमा आफूलाई सम्पर्ण गरि आफूविरुद्ध लागेको जोहरीकाविरुद्धमा कानुनी लडाई लड्नेछु ।’


अनेक अडकलबाजीका बीचमा सन्दीपले असोज ९ गते सामाजिक सन्जालमार्फत आफूविरुद्ध जाहेरी र पक्राउ पूर्जी जारी भएको समाचारले मानसिक रुपमा विछिप्त भएको बताएका थिए । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई बलत्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नेपाल प्रहरीले भने गत साता उनीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।

आफूविरुद्ध किटानी जाहेरी परेको जानकारी पाएपछि सन्दीपले सामाजिक सन्जालमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइ लड्ने जनाएका थिए । उनले केहि दिनमै स्वदेश फर्कने पनि जनाएका थिए । त्यसयता सन्दीप कहाँ छन् भन्ने विषयमा विभिन्न अड्कलबाजी गरिदै आएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका साथ सन्दीप भदौ ६ गते केन्या गएका थिए । उनी त्यहिबाट व्यवासायिक क्रिकेट खेल्नका लागि वेस्ट इन्डिज पुगेका थिए । केन्या जानु अघिल्लो दिन भदौ ५ गते आफूलाई बलत्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.